कञ्चनपुर भाद्र १३ । कञ्चनपुरको पुनर्वास नगरपालिका १ गणेशवस्तीमा दुई दिन अघि विष सेवन गरी निर्मला रानाको पनि मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेको रानाको शनिबार विहान मृत्यु भएको हो ।

रानाले आफ्ना छोरा एलेक्स रानासंगै बिहीबार सल्फास खाएकी थिइन् । छोरा ८ वर्षका एलेक्स रानाको बिहीबार नै मृत्यु भएको थियो । २४ वर्षिय रानाले छोरासंगै किन विष खाएको कारण बाहिर आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक अमर बहादुर थापा क्षेत्रीले विष सेवनको कारण थाहा हुन नसकेको बताए ।बिहीबार दिउँसो करिब साढे तिन बजेतिर विस सेवन गरेको थाहा पाउना साथ निर्मलाका श्रीमान राजकुमार राना र परिवारका अन्य सदस्यहरुले उपचारका लागि पुनर्वास पोलिक्लिनीकमा लगेका थिए, त्यपछि त्यहाँ उपचार सम्भव नभएपछि धनगढीस्थित सेती प्रदेशिक अस्पताल लगिएको थियो ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका ईन्चार्ज प्रहरी निरप्क्षक वकिल बहादुर सिंहका अनुसार घटना रहस्यमय तरिकाको भएका कारण के कति कारणले सो घटना भएको हो भन्नेबारे घटनाको थप अनुसन्धान भईरहेको बताए ।

सेती प्रदेशिक अस्पताल माआमा र बच्चाको पोष्ट मार्टम भईरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका ईन्चार्ज प्रहरी निरप्क्षक वकिल बहादुर सिंह बताउनुभयो ।

प्रतिक्रिया दिनुस