कञ्चनपुर, भाद्र १७ । शुक्लाफाँटा नगरपालिका कार्यालय भवनमा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको पाईएको छ । एशियाली विकास बैंक(एडिबी)को सहुलियत ऋण सहयोगमा निर्माण भईरहेकोे क्षेत्रीय शहरी विकास अयोजना अन्र्तगत कार्यालय भवनको फाउण्डेसन निर्माणमा गुणस्तरहीन बालुवा र गिट्टिको प्रयोग भएको पाईएको हो ।

भवन निर्माणका लागि ठेक्का सम्झौता गरिएको शर्मा एण्ड कम्पनीले स्थानिय खोलाको माटो मिश्रण माटो भएको बालुवा र गिट्टीको प्रयोग गरेको पाईएको छ ।

नगरपालिकाका नगर उप प्रमुख तुलसी देवी हमाल र प्रमुख प्रशासकिय अधिकृत बिसन सिंह थापा लगायतको अनुगमन टोलीले मापदण्ड विपरित भवन निर्माणको कार्यमा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरेको पाईए पछि गुणस्तरहीन सामग्री हटाउन लगाएको छ ।

भवन निर्माणका लागि गोदावरी खोलाको बालुवा र गिट्टिको प्रयोग गर्ने ठेकेदार कम्पनीसंग सम्झौता रहेको छ नगर उप प्रमुख हमालले भनिन्, ‘“गुणस्तरहीन स्थानिय खोलाको बालुवा र गिट्टी प्रयोग गरिएको पाईए पछि तत्कालै हटाउन लगाएका छौं ।
गल्ती नदोहरयाउनका लागि ठेकेदारलाई सेचत समेत पारेका छौं ।”क्षेत्रिय सहरी विकास आयोजनाका इन्जिनियर आशा बोहराले गुणस्तरहीन सामग्री प्रयोग गरी भवन निर्माण गर्ने ठेकेदार माथि कार्वाही प्रक्रिया अघि बढाईने बताइन् ।

भर्खरै कार्य क्षेत्रमा नियुक्त भएर आएको छु उनले भने,‘ठेकेदार कम्पनीले सम्झौता अनुसारको निर्माण सामग्री प्रयोग गरे नगरेको बारे अध्ययन गरी निगरानी बढाउने छु ।’

प्रतिक्रिया दिनुस