प्रहरीले ठडराईको घरबाट अवैध मदिरा बरामद गरेको झोकमा आफुमाथि विभेदको मुद्दा : नेगी

छिमेकी ज्युउँदाका जन्ती मर्दाका मलामी हुन् । तर, कञ्चनपुरका कतिपय गाँउ, टोल, छिमेकमा त्यसको ठिक विपरित भएको पाईन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भगतपुर शुभकामना टोलका दुई छिमेकी साँधियारविच विवाद चर्किएको छ । माया नेगी र विमला ठडराईको परिवारविच देखिएको विवाद मुद्दा मामलामा परिणत भएको छ । ठडराई परिवारले नेगी बिरुद्ध भेदभाव र नेगी परिवारले ठडराई परिवार बिरुद्धमा सार्वजनिक कसुर बिरुद्धको मुद्दा दिएका छन । दुवैले एक अर्का बिरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका हुन् । ०५९ मा नेगी र ०७० सालदेखि ठडराई परिवार बस्दै आएका छन् । नेगी परिवारले आफ्नो जमिनमा पर्खाल लगाउँदादेखि दुई परिवार विच विवाद भएको देखिन्छ । नेगी परिवारले आफ्नो जमिनमा पर्खाल निर्माण गर्द ठडराई परिवारले विवाद गरेपछि अमिन ल्याएर पर्खाल निर्माण गरेका थिए ।

त्यही बिन्दुबाट दुवै परिवारविच विवाद शुरु भएको हो । अहिले पनि दुवै परिवारले एक अर्काविच प्रहरीमा दिएका मुद्दाको विषयमा आ–आफ्नो दावि गरिरहेका छन् । ठडराई परिवारले आफु बिरुद्ध दिएको मुद्दा सवेत झुट भएको माया नेगीले बताईन् । ‘म बिरुद्ध जुन मुद्दा दिईएको छ, त्यो सत प्रतिशत झुट छ, ‘उनले भनिन, ‘म आफै जातिय बिभेद बिरुद्ध र उत्पिडनमा परेका मान्छेको अधिकारका लागि लडेनेबाट त्यो सम्भव छैन् ।’ ठडराई परिवार अवैध घरेलु मदिरा बिक्रि वितरण गर्दै आएको छ । यसै बर्षको बैशाखमा मदिरा बनाउने भाँडाकुडा मानिस सहित पक्राउ गरिएको बताउदै भदौँ १५ मा फेरी प्रहरीले उनको घरबाट मदिरा सहित भाँडाकुडा बरामद गरेपछि त्यही दिनदेखि ठडराई परिवार आफु बिरुद्ध लागेको बताईन् ।

‘मलाई पक्राउ गर्न लगाएको झोकमा उसैदिनदेखि विमलाले गालीबेईजती गरेको थियो, ‘माया नेगीले भनिन, ‘मलाई गाली गर्दा उतिबेलै मैले प्रहरीलाई बोलाएको थिए, प्रहरी पुग्दा बिमलाले गाली गर्न छाडेर कतै गईन् ।’ आफुले त्यस्तो जातिय एव अन्य उपेक्षित काम गरेको प्रमाणित गरे दोब्बर सजाय भोक्न तयार रहेको बताउदै उनले आफ्नो अपमान हुने हिसाबले मुद्दा दिईएको बताईन् । अन्य विवादलाई लिएर जातियमा लगेर आफ्नो र परिवारको बेईजती गरेको उनको दावि छ । विमला ठडराई परिवारले नेगीमाथि जातिय मुद्दा लगाउँदै आएको छ । विमलाले प्रहरीमा दिएको जाहेरीमा आफुलाई होच्याएर अपशब्द प्रयोग गर्दै घरमा मान्छे बोलाएर धन्दा गराएको आरोप लगाएको उल्लेख गरिएको छ ।

कमल ठडराईले नेगि परिवारसंग पहिलेदेखिकै विवाद भएकाले दुवै मुद्दा दर्ता गरेर अघि बढ्नुपर्ने बताए । आफुमाथि लगाएका आरोप सत्य नभएको उनको पनि दावि छ। तर दुवैका छिमेकीले माया नेगीमाथि लगाएको आरोप झुट भएको बताएका छन् । प्रेम सोबले नेगी र ठडराई परिवारविच भएको अन्य विवाद जातियमा लागिएको बताए । ‘दुवै परिवारविच पर्खाल र अवैध मदिराको विषयमा विवाद थियो, ‘उनले भने, ‘नेगी परिवारले अवैध मदिरा उत्पादनले आफ्नो घरमा प्रवास परेको, पर्खाल भत्काएको र, ठडराई परिवारले आफ्नो जमिन चेपेको आरोप चल्दै थियो, धेरैपछि आएर प्रहरीले मदिरा पक्राउ गरेको विषयमा नेगीमाथि खनिएका हुन् ।’ छिमेकी शुशिला चौधरीले प्रहरीले ठडराई परिवारको मदिरा पक्राउ गरेको झोकमा मुद्दा मामला भएको बताईन् । ‘१५ गते प्रहरीले विमलाको घरबाट मदिरा पक्राउ ग¥यो, ‘उनले भनिन, ‘उतिबेलौदेखि विमलाले मायालाई तल्लो स्तरको गाली गर्दैथिईन, दुईदिनपछि मुद्दा नै दिएकी रहेछिन् ।’ विवाद एक मुद्दा अनेक हुँदा समाजमा वैमनस्यता देखिने उनको सुझाव छ ।

अर्का छिमेकी गणेश जैरुले ठडराई परिवारले नेगीमाथी लगाएको आरोप सरासर गलत भएको बताए । ‘त्यो हुनै सक्दैन, कुनैपनि मानिसले जायज बोल्नुपर्छ, भएको विवाद अर्को विषयमा स्थानन्तरण गर्नु हुदैन ।’ गाउँ समाजमा अवैध मदिरा उत्पादनदेखि अवैध काम रोक्नुपर्छ भन्ने अभियन्ता बिरुद्ध दायर भएको मुद्दा झुटा भएकोले त्यसका पछाडी नपर्न सम्बन्धीत पक्षसंग आग्रह गरे । दुवै परिवारको विवाद पहिल्यैदेखि हेरेर दुधको दुध पानीको पानी गर्नुपर्ने उनको भनाई छ । अरु विषयमा भएका विवादलाई जातियकरणमा लग्न नहुने उनको सुझाव छ । यसरी मिलेर बसेको समाजमा विद्वेष फैलिने भन्दै अनाहकमा कसैले कसै बिरुद्ध ऐनमा भएको झुटा मुद्दा लगाउन नहुने तर्क गरेका छन् । स्थानीयले भगतपुर क्षेत्रमा अवैध मदिरा उत्पादन, विक्रि वितरणका कारण युवापुस्ता कुलतमा फस्दै अपराध र विकृती विसङगत बृद्धि भईरहेकाले यथाशिघ्र नरोके आन्दोलनको चेतावनी दिएका छन् । प्रहरीले दुवै उजुरीमाथि छानबिन भईरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले कार्यालयमा आएका दुवै उजुरीमाथि छानबिन भईरहेको बताए ।

प्रतिक्रिया दिनुस