कञ्चनपुर, भाद्र १९ । कञ्चनपुरको बेलौरी नगरपालिका १० क्षेत्रका स्थानीय युवाहरुले वडामा भ्रष्टाचार भएको भन्दै जनप्रतिनिधी बिरुद्ध बिरोध प्रर्दशन गरेका छन् । शुक्रबार स्थानीय युवाहरुले भ्रष्टाचार अनियमितता बढेको भन्दै बिरोध प्रर्दशनका साथै वडा कार्यालयमा तालाबन्दी गरिएको बताएका छन् ।
विकास निर्माणमा अनियमितता, पारदर्शी नभएको र आएको बजेट सदुपयोग नभएको भन्दै प्रर्दशन र वडा कार्यालयमा तालाबन्दी गरिएको हो । स्थानीयले भ्रष्टाचार बिरुद्ध आन्दोलन गर्दा आफ्ना युवाहरुमाथि वडा सदस्य हिरालाल चौधरीले झुट्टा मुद्दा दायर गरेर पन्छिन खोजिएको भन्दै बिरोध गरेका छन् ।


उक्त मुद्दा फिर्ता लिई अव उपरान्त वडामा पारदर्शी काम गर्न प्रतिबद्धता जनाउनुपर्नेस्थानीयको माग छ । वडा सदस्य हिरालाल चौधरीले भने आफुलाई व्यक्तिगत रुपमा गाली गर्नेको नाममा मात्रै उजुरी दिएको बताए । वडा ध्यक्ष होरिलाल चौधरीले स्थानीयले उठान गरेका माग वार्ताका माध्यममबाट समाधान गरिने बताए ।

प्रतिक्रिया दिनुस