महेन्द्रनगर भाद्र १९ ।नेपाल भारत वर्ल्ड डेभलपमेन्ट फोरम सुदुरपश्चिम प्रदेश समितिको अध्यक्षमा लोक राज भट्ट लोकेशलाई नियुक्त गरेको छ । प्रदेशको सल्लाहकारमा सुदुरपश्चिम प्रदेश सभा सदस्य मालामती राना र जनता समाजबादी पार्टीका नेता अम्बादत्त तिवारी रहेका छन् ।

यसै गरी फोरमले कैलाली जिल्लाको अध्यक्षमा निरु रिजाल, डडेल्धुराको अध्यक्षमा लक्ष्मण पनेरु कञ्चनपुरको अध्यक्षमा रमेश लाल रानालाई नियुक्त गरेको छ । नियुक्त भएका पदाधिकारीको २ बर्ष कार्यकाल रहेको छ । केन्द्रीय कार्यालय भारतको राजधानी दिल्लीमा रहेको छ । फोरमले हिन्दूधर्मको सम्वर्द्धन, शिक्षा, स्वास्थ्य, ब्यापारमा सहयोग तथा दुई देशबीच को सम्बन्ध सुमधुर गर्ने कार्य गर्ने छ।

प्रतिक्रिया दिनुस