नेपाल निजामति कर्मचारी यूनियन संघको स्थापना दिवसका अवसरमा अनाथालयमा सहयोग गरिएको छ । कर्मचारी यूनियन संघ कञ्चनपुरका सचिव ओमकार विष्टले स्थानपना दिवसका अवसरमा महाकाली बाल अञ्चल अनाथालयमा १५ हजार १ सय ५० नगदका साथै स्वास्थ्य समाग्री र फलफुल वितरण गरिएको बताए । नेपाल निजामति कर्मचारीको आधिकारिक टे«ड यूनियनका संस्थापक अध्यक्ष एव काँग्रेस प्रशासन विभाग संयोजक गौराज बहादुर लिम्बु, अध्यक्ष पदम जोशी, काँग्रेस सभापति हरि प्रशाद बोहरा, बाल अनाथालयका अध्यक्ष पूर्ण बहादुर चन्द लगायतले शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुस