विकास सिह महता, भदौ २० ।
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत यूनेस्को क्लब गठन भएको छ । शुक्रबार भएको भेला बाट यूनेस्को क्लबको अध्यक्षमा उप–प्राध्यापक मदन सिह देउपालाई सर्वसमत बाट चयन गरिएको छ ।
युनेस्कोले शिक्षा, वातावरण र संस्कृतका क्षेत्रमा विश्व व्यापीरुपमा गर्दै आईरहेका दावीहरु अन्तर्गत नै यसरी विभिन्न देशहरुमा युनेस्को क्लबहरु गठन गरी आफ्ना कार्यहरुलाई विस्तार गर्ने र निरन्तरता दिन क्रममा विभिन्न ठाँउ र विभिन्न देशहरुमा युनेस्को क्लब गठन छन् र त्यसैको निरन्तरन सरुप हाम्र्रो देशमा पनि यो भन्दा पहिलो गठन भै सकेका युनेस्को क्लबहरुकै विस्तारका रुपमा यस क्षेत्रमा युनेस्को गठन गर्नका लागि सुदूरपश्चिमल विश्वविद्यालय केन्दी्रय क्याम्पसलाई आधार मानेर कोभिड– १९को परिवेशमा कसरी युवाहरुलाई परीचालन, सचेतन पुर्र्वक रुपमा परिचालन गर्न र युनेस्को मुल भाव शिक्षा, वातावरण र संस्कृतको क्षेत्रमा काम गर्ने संस्था भएको अध्यक्ष देउवाले बताए ।
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका सम्पुर्ण प्राध्यापकहरुलाई जोडर यसलाई छिटै सबैलाई समेटने छ । यसमा कुनै राजनीति जोडिएको छैन यो विशुद्ध रुपमा जनहितका लागि कार्य गरिने उपाध्यक्ष उप–प्रध्यापक पुष्पराज जोशीले बताए ।
भेलाबाट अध्यक्ष उप–प्रध्यापक मदन सिह देउपा, उपाध्यक्ष उप–प्रध्यापक पुष्पराज जोशी, सचिव उप–प्रध्यापक पृथ्वीराज भट्ट, कोषध्यक्ष उप–प्रध्यापक केशव बहादुर थापा, सदस्य उप–प्रध्यापक मनिष ओझा, त्रिलोक दत्त तिवारी, भुवेश्वरी बडु, हरी सिह साउँद, विरेन्दसिह धामी सल्लाहकार उप–प्रध्यापक डा.यज्ञराज पाण्डेय, विर बहादुर रोकाया, ईन्द देव मिश्र चयन भएका छन् ।

प्रतिक्रिया दिनुस