‘खुला बुक, खुला श्रोत विधि अपनाइँदै’
कञ्चनपुर ,भदौ २१ ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसले स्नातक तहका परीक्षा सञ्चालनको निक्र्याेल निकाल्न सकेको छैन । कोरोना महामारीका कारण जारी लकडाउनले गत चैत्र, बेसाखमा लिइसक्नु पर्नै परीक्षाको टुङ्गो लाग्न नसकेको हो ।

यसअघि भदौ १२ देखी सेमीष्टर प्रणालीका परीक्षाहरू सञ्चालन गर्ने जनाएपनी तयारी अपुग रहँदा परीक्षा मिति प्रकाशित गर्न सकेको छैन। ७ संकाय बाट अध्ययन अध्यापन भइरहेको विश्वविद्यालयले प्रथम, तेस्रो र पाचौ सेमिष्टरको संकायको परीक्षा आवेदन खुला गरेको छ ।

 

तर उनीहरूको परीक्षा मिति भने अझै तोक्न सकेको छैन । अन्य सेमिष्टर तथा चौथो वर्षका विद्यार्थीहरूले पनि परीक्षा आवेदन खुलाई परीक्षा मिति तोक्न आग्रह गरेका छन । विश्वविद्यालयले कोरोना महामारीका कारण अनलाइन परीक्षाको तयारी अपुग रहेको भन्दै परीक्षा मिति तोक्न गर्न सकेको छ्रैन् ।

सेमिष्टर प्रणालीका परीक्षा गत चैत्र, वैसाखमै लिइसक्नु पर्ने भएपनी महामारीका कारण असोज महिना नजिकिँदा समेत सञ्चालन हुन सकेका छैनन् । एकातिर चौथो वर्षका विद्यार्थीहरूको अन्तिम परीक्षा गत वैशाखमै लिइसक्नुपर्ने हो । तर विविएसका परीक्षाको कुनै जानकारी नआउँदा अन्यौलता परेको चौथो वर्षका कृष्ण सिंह ऐरले बताए । उनले परीक्षा आवेदन मात्रै खुला गरी विश्वस्त हुने वातावरण सृजना गरिन माग गरे ।

परीक्षा नियन्त्रक देवसिंह नाथले असोज दोस्रो साता देखी तयारी अगाडी बढाइएको बताए । उनले तश्रो सेमिष्टर र प्रथम सेमीष्टरका विद्यार्थीले परीक्षा आवेदन फारम भरीसेकाले उनीहरूको परीक्षा असोज दोस्रो साता पछि सुरु हुने गरी तयारी थालिएको बताए ।
अनलाइन परीक्षामा पनि चुनौती
सुदूर पश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसले आङ्गिक १४ वटै क्याम्पका परीक्षा अनलाइन विधिबाट सञ्चालन गर्ने गरी तयारी अगाडी बढाएको छ । तर इन्टरनेटको पहुँच या विद्युतीय उपकरणको अभाव झेलिरहेका विद्यार्थीको परीक्षा लिन केही चुनौती विश्वविद्यालयलाई छ ।

तर विश्वविद्यालयका रजिस्टार गोबिन्दसिहं विष्टले भने इन्टरनेटको पहुँचमा नपुगेका विद्यार्थीहरूका लागी सम्बन्धित स्थानियतह सँग समन्वय गरी परीक्षामा सहभागी गराइने बताए । उनले पहाडी जिल्लाका विद्यार्थीको हकमा स्थानियतह सँग समन्वय कार्य अगाडी बढाइएको जनाए । उनले परीक्षा असोज महिना भित्र नै सञ्चालन गरिने बताउँदै परीक्षा मिति पनि छिट्टै तोकिने बताए।

‘खुला बुक, खुला श्रोत’ विधि अपनाइँदै
कोरोना महामारीका कारण चैत्र देखी सुदूर पश्चिमाञ्चल विश्वविद्यालयले लिने जाँचका विषयमा टुङ्गोमा लाग्न सकेको थिएन । तर विश्वविद्यालय अनुदान आयोगले विभिन्न ५ विधि मध्ये उपयुक्त विधि छनौट गरी आर्थिक वर्ष खेर नजान निर्देशन जारी गरेपछि एउटा विधिमा विश्वविद्यालयले विचार पु¥याएको छ ।

विश्वविद्यालय अनुदान आयोगले सिकाइ व्यवस्थापन प्रणाली विधि, निरन्तर मूल्याङ्कन, वास्तविक समय अनलाइन परीक्षा, खुला बुक, खुला श्रोत विधि र मौखिक परीक्षा मध्ये उपयुक्त विधि छनौट गरी परीक्षा सञ्चालन गर्न अनुमति प्रदान गरेको थिया े। विश्वविद्यालयले निरन्तर मूल्याङ्कन विधिलाई अवलम्बन गर्न खोजेको थिया े।

तर उक्त विधिमा विगतका वर्षमा उत्तीर्ण विद्यार्थी तथा कक्षामा सहभागीताका आधारमा कक्षा बढाइने हुँदा महामारीले कक्षा सञ्चालनमा पु¥याएको बाधाले पनि अनुपयुक्त लागेको परीक्षा नियन्त्रक नाथले बताए । उनले महामारीको समयमा खुला बुक, खुला श्रोत विधि नै उपयुक्त रहेको बताए।

खुला बुक खुला श्रोत विधिबाट विद्यार्थीहरूले घरमै बसी पुस्तक खोलेर सोधिएका प्रश्नको जवाफ राख्न सक्ने छन्। तर यस विधिले भने विद्यार्थीको मौलिकतालाई प्रार्थमीकतामा राख्ने परीक्षा नियन्त्रक नाथ बताउँछन्। ‘उ सो त यस विधि बाट सबैमा प्राप्ताङ्क उच्च आउने उत्साह छाएका होला, उनले भने,–‘तर पुस्तक खोल्न पाएपनी मौलिकतालाई नै उच्च प्राथमिकता दिइनेछ । ’उनले ‘खुला बुक, खुला श्रोत’ विधि विश्वविद्यालयका लागी नयाँ र उपयुक्त रहेको दाबी गर े। जसका लागी प्रश्न पत्रको मोडालिटी तयार गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुस