कञ्चनपुर भाद्र २१ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसले आङ्गिक १४ वटै क्याम्पका परीक्षा अनलाइन विधिबाट सञ्चालन गर्ने गरी तयारी अगाडी बढाएको छ । तर इन्टरनेटको पहुँच या विद्युतीय उपकरणको अभाव झेलिरहेका विद्यार्थीको परीक्षा लिन केही चुनौती विश्वविद्यालयलाई छ ।

तर विश्वविद्यालयका रजिस्टार गोबिन्दसिहं विष्टले भने इन्टरनेटको पहुँचमा नपुगेका विद्यार्थीहरूका लागी सम्बन्धित स्थानियतह सँग समन्वय गरी परीक्षामा सहभागी गराइने बताए । उनले पहाडी जिल्लाका विद्यार्थीको हकमा स्थानियतह सँग समन्वय कार्य अगाडी बढाइएको जनाए । उनले परीक्षा असोज महिना भित्र नै सञ्चालन गरिने बताउँदै परीक्षा मिति पनि छिट्टै तोकिने बताए ।

‘खुला बुक, खुला श्रोत’ विधि अपनाइँदै
कोरोना महामारीका कारण चैत्र देखी सुदूर पश्चिमाञ्चल विश्वविद्यालयले लिने जाँचका विषयमा टुङ्गोमा लाग्न सकेको थिएन । तर विश्वविद्यालय अनुदान आयोगले विभिन्न ५ विधि मध्ये उपयुक्त विधि छनौट गरी आर्थिक वर्ष खेर नजान निर्देशन जारी गरेपछि एउटा विधिमा विश्वविद्यालयले विचार पु¥याएको छ ।

\
विश्वविद्यालय अनुदान आयोगले सिकाइ व्यवस्थापन प्रणाली विधि, निरन्तर मूल्याङ्कन, वास्तविक समय अनलाइन परीक्षा, खुला बुक, खुला श्रोत विधि र मौखिक परीक्षा मध्ये उपयुक्त विधि छनौट गरी परीक्षा सञ्चालन गर्न अनुमति प्रदान गरेको थियो । विश्वविद्यालयले निरन्तर मूल्याङ्कन विधिलाई अवलम्बन गर्न खोजेको थियो ।

तर उक्त विधिमा विगतका वर्षमा उत्तीर्ण विद्यार्थी तथा कक्षामा सहभागीताका आधारमा कक्षा बढाइने हुँदा महामारीले कक्षा सञ्चालनमा पु¥याएको बाधाले पनि अनुपयुक्त लागेको परीक्षा नियन्त्रक नाथले बताए । उनले महामारीको समयमा खुला बुक, खुला श्रोत विधि नै उपयुक्त रहेको बताए ।
खुला बुक खुला श्रोत विधिबाट विद्यार्थीहरूले घरमै बसी पुस्तक खोलेर सोधिएका प्रश्नको जवाफ राख्न सक्ने छन् । तर यस विधिले भने विद्यार्थीको मौलिकतालाई प्रार्थमीकतामा राख्ने परीक्षा नियन्त्रक नाथ बताउँछन्। ‘उ सो त यस विधि बाट सबैमा प्राप्ताङ्क उच्च आउने उत्साह छाएका होला, उनले भने,–‘तर पुस्तक खोल्न पाएपनी मौलिकतालाई नै उच्च प्राथमिकता दिइनेछ । ’उनले ‘खुला बुक, खुला श्रोत’ विधि विश्वविद्यालयका लागी नयाँ र उपयुक्त रहेको दाबी गरे । जसका लागी प्रश्न पत्रको मोडालिटी तयार गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुस