अनाथालयमा खाद्यान्न तथा स्वास्थ्य समाग्री सहयोग

नेपाल औषधी व्यवसायी संघ कञ्चनपुर जिल्ला शाखाले बार्षिकोत्सवका अवसरमा विभिन्न समाजिक कार्य गरेको छ । आईतबार नेपाल औषधी व्यवसायी संघ कञ्चनपुर जिल्ला शाखाले प्रथम बार्षिकोत्सवका अवसरमा समाजिक कार्य गरेको हो । महाकाली बाल अञ्चल अनाथालयमा खाद्यान्न फलफुल, संघको कार्यालय परिसरमा सरसफाई एव दिप प्रज्वलन गरिएको छ । नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुडाले संघको प्रथम ऐतिहासिक बार्षिकीको अवसरमा समाजिक कार्य गरेको बताए ।

अध्यक्ष बुडाका अनुसार बाल अनाथालयमा चामल, दाल, नुन, तेल, तरकारी, मसला, चिनी चियापत्ती, साबुन, बिस्कुन, फलफुलका साथै स्वास्थ्यका लागि मास्क र सेनिटाईजर वितरण गरिएको छ । ‘लकडाउनका कारण बाल अनाथालयमा आवश्यक खाद्यान्न तथा स्वास्थ्य समाग्री दिएका छौँ, ‘अध्यक्ष बुडाले भने, ‘आगामी दिनमा पनि समाजिक कार्य गछौँ ।’ नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुडाको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय सदस्य ललितानन्द जोशी, पुर्व केन्द्रीय सदस्य बिरेन्द प्रशाद तिवारी, जिल्लाका पदाधिकारी, सदस्य लगायत कञ्चनपुरका औषधी व्यवसायीको सहभागिता रहेको थियो । संघको समाजिक कार्यप्रति अनाथालयले धन्यवाद कृतज्ञता प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुस