नेकपा सरकारको खोक्रो राष्ट्रबादी चरित्र रहेको कुरा प्रष्ट देखिएको छ । आज खोक्रो राष्ट्रबादी चरित्र देखिएका र साम्राज्यवादी देशको पुजिबादको झोला बोकेर सर्बहारा बर्ग माथी शोषण गरि राष्ट्रियता,जनजिबिका र जनतन्त्र माथि प्रत्यक्ष असर पुर्याउने जिम्मेवार निकायका केही पधाधिकारी,मन्त्री र सरकारले MCC मिलेनियम च्यालेन्ज कर्पोरेसन पास गरेर देशमा बिकास हुन्छ,समृद्धि हुन्छ भन्नू सन १९२० को शारदा सम्झौता जस्तै हो।
पहिला अद्य्यन गरौ शारदा सम्झौताका बारेमा (सन १८३७/ ३८ मा उत्तरी भारतले ठुलो अनिकाल बेहोरे पछी इस्ट इन्डिया कम्पनी सरकारले भारतमा सिचाइ प्रणाली बिस्तारमा बिशेष जोड दियो।महाकाली नदीमा शारदा बाध निर्माणको लागि सट्टाभर्ना हुनेगरी कंचनपुरको गड्डाचौकी क्षेत्रको ४०९३/८८ एकड जमिन भारत लाई उपलब्ध गराए।जसको कारण माहाकाली वारिको ४०९३/८८ एकड जमिन भारत तिर पर्न गयो।शारदा बाधको निर्माण सन १९२४ मा शुरु भएको थियो । कुल ७५ लाख पाउन्ड लागत रहेको बाध सहित ४ हजार माइल लामो शारदा नहर प्रणालीको निर्माण ४ बर्षमा सम्पन्न भयो।
शारदा सम्झौतामा नेपालले पाउने पानीको मात्रा किटान गरिएको छ भने भारत ले उपभोग गर्ने पानीको मात्रा किटान गरिएको छैन।सम्झौताले नेपालले सुख्खायाम मा १५० क्युसेक पानी,बर्षायाम मा ४६० क्युसेक पानी र नदिमा पानी बढी भएको बेला एक हजार क्युसेक पानी पाउने ब्यबस्था थियो। र पनि नेपालले सन १९७५ मा विश्व बैंकको सहयोगमा महाकाली सिचाइ योजना अघि बढाए पछि सन १९८० पछी मात्रै सिचाइ सुबिधा पाएको थियो।र महाकाली वारि ४०९३/८८ एकड जमिन को सट्टाभर्नामा कहाँ के कति जमिन पायो कुनै ठोस अभिलेख भेटिदैन।
त्यसैले आफ्नै नदिको पानी पनि भारत ले नापेर दिने,भुमी अतिक्रमण गर्ने स्थिती आएको राष्ट्रको नाममा गलत सम्झौता र पुजीवादी तत्वहरुको कारण हो। अहिले पनि साम्राज्यबादीहरुको पुजिबादको झोला लाई बोक्न पल्केका नालायक तत्वहरुले  MCC  पास गरेर नेपाल राष्ट्रको भबिस्य माथि गम्भीर प्रश्न खडा गरि दिएका छन्। पैसा नै सबै थोक होइन,नेपालको सामरिक महत्त्व लाई देखेर आँखा गाडेर बसेको साम्राज्यवादी राष्ट्रहरुको कालो झोलामा किनिएका केही भाडा का टट्टू हरुले बेलैमा सचेत नभए भयानक स्थिति सिर्जना हुन सक्छ।

फोहोरी राजनीति र राजनीति लाई आर्थिक पेशा सम्झिने अराजक तत्वहरुले नेपाली जनता र स्वाधीनता माथि ठाडो हस्तक्षेप गरेर वैदेशिक शक्तिको आडले नेपाली जनता को हितमा छ MCC भनेर ठग्ने ठुलो षडयन्त्र हुँदै छ ओलि सरकारमा,बहुमत पुगाएर पास गर्ने र पुजिबाद लादेर सर्बहारा र मजदुर बर्ग माथि शोषण गरि खाने निति तयार गर्दै छ। सैन्य फौज सहित अमेरिकी मुलुक ले चीन माथि प्रहार गर्न,साम्राज्यवादी मुलुक बन्न,नेपालको सामरिक महत्व माथी हस्तक्षेप गर्न र विश्व युद्धका लागि खेल मैदान बनाउन इन्डोप्यासेफिक को नया रूपमा मिलेनियम च्यालेन्ज कर्पोरेसन लाई पास गराउन अहिलेको ओलि सरकार र नेपाली काङ्ग्रेस देखि केही गलत राजनैतिक संस्कार भएका ब्याक्तित्वहरु लाई किन्दै छ।

यो योजना कुनै पनि हालतमा सफल हुन नदिन आम   नेपाली,बुद्धिजीवी,देशभक्त,समाजसेवी,राजनीतिज्ञकर्मचारी,पत्रकार,मजदुर,किसान,युबा,विद्यार्थी महिला सबै मिलि एकजुट भएर MCC बहिष्कार गरौ । साथै भबिस्यमा निम्तिने खतराको चुनौती बेलैमा गर्दै नेपालको सामरिक महत्त्व लाई अझै अभिबृद्दी गरौ राष्ट्रघाती सम्झौता खारेज गरौ ।  राष्ट्रियता,जनतन्त्र र जनजिबिका माथी हस्तक्षेप गर्नेका विरुद्ध सयुक्त संघर्ष गर्दै बैज्ञानिक समाजवादी ब्यबस्था स्थापना गरौ । लेखक नेपाल कम्युनिष्ट पार्टी बैतडी जिल्ला ईन्चार्ज क.किरण हुन ।

प्रतिक्रिया दिनुस