कञ्चनपुरको बेलौरी नगरपालिका १० क्षेत्रका स्थानीय युवाहरुले वडामा भ्रष्टाचार भएको भन्दै जनप्रतिनिधी बिरुद्ध वडामा लगाएको ताला खोलेका छन् । आइतबार भ्रष्टाचार बिरुद्ध आन्दोलनमा उत्रिएका स्थानीय र वडाका जनप्रतिनिधीविच भएको छलफल पछि ताला खुलेको हो । शुक्रबार स्थानीय युवाहरुले भ्रष्टाचार अनियमितता बढेको भन्दै बिरोध प्रर्दशनका साथै वडा कार्यालयमा तालाबन्दी गरेका थिए । जनप्रतिनिधीले वडामा आउने विकास निर्माणमा पारदर्शी गर्ने सहमती जनाएपछि स्थानीयले ताला खोलेका हुन् । वडा सदस्य हिरालाल चौधरीले विकास निर्माणको विषयमा विरोध गर्दा युवामाथि लगाएको झुट्टा मुद्दा फिर्ता लिएपछि विवाद साम्य भएको हो । एक स्थानीय युवाले वडाबाट विकास निर्माणका हरेक योजनालाई पारदर्शी ढङगबाट अघि बढाउने र भ्रष्टाचार न्यूनिरण गर्ने प्रतिबद्धता जाहेर गर्दै वडाको समग्र विकासका लागि हातेमाले गर्ने जनाएपछि आफुहरु ब्याक भएको बताए ।

प्रतिक्रिया दिनुस