निजी विद्यालयका मालिक (संचालक) ले तलब नदिएको भन्दै कञ्चनपुरका निजी विद्यालय (बोडिङ्ग) मा कार्यरत शिक्षक आन्दोलनमा उत्रेका छन् । विद्यालयले मालिकले पारिश्रमिक नदिएको भन्दै शिक्षकले निजी विद्यालयको छाता संगठनका कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रेका हुन् । संस्थागत विद्यालय शिक्षक यूनियनको अगुवाईमा आइतबार निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनका कार्यालयमा तालाबन्दी गरिएको छ । संस्थागत विद्यालय शिक्षक यूनियन कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष माधव राज पन्तले विद्यालयका संचालकहरुले अनेकन बहाना गरेर लकडाउन देखाउँदै पारिश्रमिक नदिएकाले बाध्य भएर उनीहरुको छाता संगठनका कार्यालयमा तालाबन्दी गरेको बताए । श्रम शोषण गरेर अहिले आएर विभिन्न बहाना गर्दै तलब नदिन प्रपञ्च रचिएकाले निजी विद्यालयका छाता संगठनका कार्यालयमा तालाबन्दी गरिएको बताए । पारिश्रमिक नदिए थप शसक्त रुपमा आन्दोलनमा उत्रिने उनले चेतावनी दिए । निजी विद्यालयका संचालकले भने लकडाउनका कारण विद्यालय संचालन नहुँदा तलब दिन नसकिएको बताएका छन् ।

प्रतिक्रिया दिनुस