काँग्रेस निकट विपी कोईराला युवा नेतृत्व विकास मञ्च कञ्चनपुरले महङ्गी, भ्रष्टाचार बिरुद्ध मौन बिरोध प्रर्दशन गरिएको छ । आइतबार महेन्द्रनगरमा महङ्गी र भ्रष्टाचार बिरुद्ध मौन बिरोध प्रर्दशन गरिएको हो । विपी कोईराला युवा नेतृत्व विकास मञ्च कञ्चनपुरका अध्यक्ष एव नेवि संघका उपाध्यक्ष ईन्द्र सिह साउदले देशमा बढिरहेको महङ्गी, कालोबजारी र भ्रष्टाचार बिरुद्ध मौन बिरोध प्रर्दशन गरिएको बताए । साउदका अनुसार कोरोना कहरका बेला कञ्चनपुरका स्थानीय सरकार सहितका निकाय भ्रष्टाचारमा चुलुम्ब डुबेको आरोप लगाए । समान खरिदमा बढिको बिल देखाएर रकम कुम्लाउने काम गरेर कोरोना रोकथामका नाममा भईरहेको अनियमितता भएको उनको आरोप छ । अति आवश्यक बस्तु तथा सेवाको मुल्यमा भारी बृद्धि र कालोबजारी बिरुद्ध सरकारले एक्सन नदिएको उनको आरोप छ । भ्रष्टाचार र महङ्गी मौलाउँदै गए त्यस बिरुद्धमा समेत थप शसक्त आन्दोलनको चेतावनी दिदै भ्रष्टाचार रोक्न र महङ्गी नियन्त्रणमा जोडदिए ।

प्रतिक्रिया दिनुस