कञ्चनपुर ,भाद्र २२ । कञ्चनपुरको शुक्लाफाँटामा एकै परिवारका ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्लाफाँटा नगरपालिकामा वडा नम्बर–११ का एकै परिवारका ४ जनामा संक्रमण देखिएको शुक्लाफाटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमान्द भट्टले बताउनुभयो ।

केही दिन अघि धनगढीको सिपि हस्पिटलमा कार्यरत २२ वर्षिया महिलामा कोरोना संक्रमण देखिएको थियो । भाद्र पहिलो साता कोरोना देखिएकी उनको कन्ट्याक्ट ट्रेसिङका क्रममा गरिएको परीक्षणमा उनकै परिवारमा श्रीमान सहित थप परिवारका २ सदस्यमा पनि कोरोना संक्रमण भएको स्वास्थ्य शाखा प्रमुख भट्टले बताए । शनिबार ३ जनामा संक्रमण भएसँगै परिवारका ४ जनामा कोरोना संक्रमण भइसकेको छ । परिवारका ९ जना मध्ये बज्यै, ठुलिआमा र श्रीमान,श्रीमतिमा संक्रमण देखिएको छ।

कोरोना संक्रमण देखिएकी २२ वर्षिया महिला सिपि अस्पताल धनगढीमा कार्यरत भएको तथा श्रीमान शुक्लाफाँँटा नगरपालिकामा कार्यालय सहयोगी हुन । कोरोना पोजेटिभ भएको परिवारका कुनै पनि सदस्यमा हालसम्म कोरोनाको लक्षण भने नदेखिएको स्वास्थ्य शाखा प्रमुख भट्टले बताए ।

प्रतिक्रिया दिनुस