खडक रावल

कञ्चनपुर भाद्र २३ । महाकाली नदीमा वेपत्ता माहाकाली नगरपालिका ९ का प्रिन्स सुनार आइतबार साँझ ५ बजे नदीमा भेटिएका हुन् । उनी बिहीबार नदीमा नुहाउन जाँदा वेपत्ता भएका थिए । सुनारलाई नेपाली सेनाको टोली भेटाएको हो । सुनार वेपत्ता भएको नदी छेउमा सेनाले सुनारको शव भेटाएको हो ।

आइतबार विहानैदेखि सेनाको टोली खोजीका लागि परिचालन गरिएको थियो । यस अघि सशस्त्र प्रहरीले सुनारको खोजी गरेको थियो । सशस्त्र प्रहरीले सुनार वेपत्ता भएको स्थानदेखि कुतियाकवर क्षेत्रसम्म खोजी गरेको थियो । सशस्त्रले भेटाउन नसकेपछि सेनाको टोली परिचालन गरिएको हो ।

सेनाले विहानै सुनार वेपत्ता भएको स्थानको झाडी फडान गरी खोजी सुरु गरेको थियो । सेनाको टोलीले पनि अन्यत्र क्षेत्रमा पनि सुनारको खोजी गरेको थियो । १८ वर्षिया सुनार भेटिएपछि उनको शव पोष्ट मार्टम गरी परिवारलाई जिम्मा दिइने तयारी गरिएको छ । सुनारको शव खोज्न सशस्त्र र सेनालाई स्थानीय सहित सन् सेट युथ भोलियन्ट्रियर्स ग्रुफ र नेपाल रेडक्रसको टोलीले समेत सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुस