काठमाण्डौं ,भाद्र २३ । अधिबक्ता सहितको टोली थला परेका मजदुरहरुलाई रत्नपार्कमा खाना खुवाउन जुटेका छन ।
पछील्लो समय कोरोनाले देश थला परिरहेको छ । सरकार भन्छ कुनै नागरिक खान नपाएर मर्नुपर्दैन तर कोरोनाले थला परेका मजदुर देखी अस्पातल नजिक बिरामी कुर्ने हरु समेत लाइन लागेर हात थाप्दै कुनै संघसस्थाहरुले दिएका २ गास भातका लागि कुरिरहेको द्र्‍श्य देख्दा जो कोही को मन भक्कानिन्छ ।

यसै बिचमा रोयल कोलाब्रेटिभ नामको एउटा ग्रुपले काठमाडौंका रत्नपार्कमा ,टिचिङ ,पशुपति लगाएत ठाउँमा गरेको सहयोग साच्चै अनुकरणिय छ केही समय पहिले ग्रुपले नेपालका सिमानामा अलपत्र नागरिकलाई समेत खाना खुवाउने गरेको थियो ।

अहिले देश बिदेश बाट प्राप्त सहयोग र हाम्रै गाँस काटेर नै,खाना खुवाउने मुख्य स्रोत रहेको ग्रुपले जानकारी दिनुभयो ।
कोरोनाले गर्दा बन्दाबन्दिको असरले काम बन्दभइ २ छाक खान नपाउने श्रमजीवी मजदुर हरुछन तिनिहरुलाइ खुल्ला मन्चमा अधिबक्ता फडिन्द्र कार्की ,अधिबक्ता सुधीर दङ्गाल ,बिदुर कार्की ,डिल्लीराम बोहरा लगायतका अधिबक्ताहरुको टोलीले १ छाक खाना खुवाउन सहयोग गरिएको अधिबक्ता फणिन्द्र कार्कीले जानकारी दिनुभयो ।

काठमाडौका विभिन्न ठाँउमा १५८५ जनाले खाना खाएका छन १खाना खानकै लागी भक्तपुर ,काठमाडौ ,ललितपुरका विभिन्न भेग बाट २र३ घन्टाको लामो पैदल यात्रा गर्दै मानिसहरु दैनिक रुपमा भातको खोजीमा आएको पाइयो ,जहाँ साना बालबालिकाहरु बोकेर महिलाहरु चर्को घाममा भातको खोजीमा भौतारिएको,त्यस्तै बिरामी ,बुढाबुढी समेत हिंड्न् सकिनसकी भातको खोजीमा हिनेको पाइएकोले अधिबक्ताहरुको टोलीले खाना खुवाएर सहयोग गरिरहेको बताए ।

भोका मदजुरलाई खाना खुवाउने काम कुनै फन्डिङ पैसा होइन हामीले हाम्रै गाँस काटेर सहयोग गरिरहेका छौ यसको ब्यबस्थापनको सम्पुर्ण काम धनगढीका युवा साथिहरुले गरिरहनु भएको अधिबक्ता कार्कीले बताए ।

प्रतिक्रिया दिनुस