कञ्चनपुर भाद्र २३ । तलब निकासाको माग गर्दै अनुदान कोटामा कार्यरत शिक्षकहरुले शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरमा तालाबन्दी गरिएको छ।
तलब निकासा नभएको भन्दै अनुदान कोटामा कार्यरत शिक्षकहरुले तलब निकासाको माग गर्दै मंगलबार शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरमा र इकाई प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन ।

देशैभरीका सामुदायिक विद्यालयमा नेपाल सरकारबाट प्रदान गरिदै आएको उक्त कोटाका लागि शैक्षिकसत्रको अघिल्लो असारमै एकमुष्ट रकम निकासा हुने गरेको थियो। तर यो वर्ष दुई महिना बितिसक्दा पनि रकम निकासाको कुनै आधिकारिक जानकारीसम्म नआएकोले तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक बलविरसिँह भण्डारीले बताउनुभयो।

एउटै विद्यालमा कार्यरत शिक्षकले तलब पाउने तर आफुहरूको तलबको कुनै टुंगो नलागेकोले विभिन्न माग राखी आन्दोलन गर्न बाध्य भएको उनले बताए। यसअघि आफुहरूले शिक्षा ईकाईमार्फत शिक्षा मन्त्रीलाईलाई उक्त विषयमा ज्ञापन पठाएको तर कुनै जवाफ नआएकाले आफुहरू तालाबन्दी गर्न बाध्य भएको समेत उनले बताए।

सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी, गणीत र विज्ञान शिक्षकको अभाव परिपुर्तिका लागि नेपाल सरकारले शिक्षक अभाव भएका तथा शुन्य दरवन्द भएका विद्यालयहरूलाई २०७५ सालदेखि एकमुष्ट रकम प्रदान गर्दै आएको थियो। यो वर्ष कोरोनाको कारण देखाउँदै गत असार महिनामै निकासा हुनुपर्ने रकम निकासा गरेको छैन।

प्रतिक्रिया दिनुस