कृष्ण नेपाली

शैक्षिक सुधार शिक्षक समाज कञ्चनपुरको अध्यक्षमा दिपेन्द्र बम चयन भएका छन् । मंगलबार महेन्द्रनगरमा सामुदायिक विद्यालयका कार्यरत शिक्षकको भेलाले शैक्षिक सुधार शिक्षक समाजको अध्यक्षमा बमलाई चयन गरेको हो । उपाध्यक्ष तारानाथ ओझा, सचिव अनिल पाण्डे,कोषाध्यक्ष दुर्गा साउद, सदस्य बृद्धि प्रशाद शर्मा, गणेश शर्मा, जितेन्द्र पौडेल, कृष्णानन्द भट्ट, बिरेन्द्र कार्की, बमन राना, प्रमानन्द नाथ, लोकराज भट्ट, प्रकास चन्द चयन भएका छन् । सल्लाहकार संयोजकमा सुरेन्द्र सिह भण्डारीलाई चयन गरिएको छ ।

शैक्षिक सुधार शिक्षक समाज कञ्चनपुरका सदस्य प्रमानन्द नाथले शैक्षिक सुुधार र विकृती बिरुद्ध समाजले पहल गर्ने बताए । ‘अहिलेको मुख्य समस्या शैक्षिक गुणस्तरबृद्धि नै हो, ‘उनले भने, ‘हामी यस समाज मार्फत शैक्षिक समस्या उठान गर्दै समाधानका लागि सहजिकरण गछौँ ।’ उनका अनुसार दरबन्दी मिलान, शैक्षिक तालिम केन्द्र कञ्चनपुरकै यथावत राख्नुपर्ने समाजको माग रहेको छ । समाजको समग्र शैक्षिक सुधारका लागि पहल चाल्ने छ ।

प्रतिक्रिया दिनुस