बम राखेको आरोपमा पक्राउ परेका नेकपा विप्लव कञ्चनपुरका नेता मन्कु डगौरा रिहा भएका छन् । कञ्चनपुर जिल्ला आदालतबाट गत साउन अन्तिम साता पक्राउ गरेका नेकपा विप्लव नेता रिहा भएका हुन् । नेकपा विप्लव सेती महाकालीका एक नेताले डगौंरा ४० हजार धरौटीमा २८ दिन लामो हिरासत पछि सोमवार मुक्त भएको् बताए । उनलाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा विष्फोटक पदार्थ सम्वन्धी मुद्दा लगाईएको थियो ।

बेलुका खाना खाएर सुत्ने तयारीमा रहेका डगौरा अकस्मात् प्रहरी घरमा पुगेर केही सोधपुछका लागि हामीसित हिड्नुस् भन्दा आशर्यचकीत भएका थिए । आफु लामो समय देखि नशा र ब्लड प्रेसको बिरामी भएर औषधी खाईरहेको मान्छेलाई एका एक बम राखेको आरोप लगाउँदा झसंग परेको डगौरा वताउँछन् । उमेरका हिसावले पनि केहि समय यता आफु घरमै रेष्ट गरीरहेको हँुदा पार्टीको कार्यक्रममा सहभागि हुन नसकिरहेको बताउँदा समेत प्रहरीले मुद्दा लगाएर ठुलो दुःख दिएको मन्कुको दुखेसो छ । ७२ वर्षको बुढ्यौली उमेरमा २८ दिन लामो हिरासतबाट बाहीरिदै गर्दा उनले चम्किलो अनुहारका साथ युवा जोशमा भन्नु भयो, “पुँजिवादको चिहानमा समाजवाद उम्भिसकेको छ ।“

आफुलाई राज्यले झुटो मुद्दा लगाएका कारण धरौटी जम्मा नगरेर मुद्दा अस्वीकार गर्ने मनसायमा रहेका उनले घर परीवार, शुभचिन्तकको उमेर र बिरामी भएको विषयमा ख्याल पुर्याई दिन गरीएको आग्रह पश्चात मात्र धरौटी जम्मा गरेका थिए । डगौंरा लामो समय देखि कन्चनपुर जिल्लाको कम्युनिष्ट आन्दोलनमा सहभागि भएर नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सचिवालय सदस्य र जिल्ला जनसत्ता प्रमुख सम्मको जिम्मेवारी सम्हाली सकेका व्यक्ति हुन् । जनयुद्धमा समेत उनले लामो समय जेल यातना भोगेका थिए ।

प्रतिक्रिया दिनुस