पुष्कर भट्ट

नेपाली काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरि प्रशाद बोहराको पहलमा उद्योगी पिताम्बर जोशीले महेन्द्रगनरको आँखा अस्पतालमा सेनिटाईजर मेसिन दिएका छन् । विपी कोईरालाको १०७औँ जन्मजयन्तीका अवसरमा काँग्रेस सभापति बोहराको पहलमा कञ्चनपुृर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका जोशीले अटोमेटिक हेण्डसेनिटाईजर मेसिन दिएक हुन् । आँखा अस्पतालमा हातधुने समस्यादेखेपछि काँग्रेस सभापति बोहराले सेफ सेनिटाईजरका उत्पादक समेत रहेका उद्योगी जोशीसंग आग्रह गरेर मेसिन जडान गरिएको हो । उद्योगी जोशी, काँग्रेस सभापति बोहरा सहितले आँखा अस्पतालका नेत्र अधिकृत बीरसिह धामीलाई मेसिन हस्तान्तरण गरेका छन् । काँग्रेस सभापति बोहराले बिरामीको समस्या मध्य नजर गर्दै जननेता विपीको जन्मयजन्तीकै दिन हस्तान्तरण गर्न लगाएको बताए । सभापति बोहराका अनुसार विपिको शालिकमा माल्र्यापण समेत गरिएको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जोशीले समाजिक कार्यका लागि मेसिन दिएको बताए । अस्पतालमा मेसिन जडानसंगै सहज हुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुस