लाल ब. एसके
कञ्चनपुर, २३ भदौँ
कञ्चनपुरको बेलडाँडीमा बालिका बलात्कार प्रकरणमा एक काँग्रेस कार्यकर्ता पक्राउ परेका छन् । सामुहिक बलात्कारकाण्डमा बेलडाँडीका काँग्रेस कार्यकर्ता मोहन साउद पक्राउ परेका हुन् ।बेलौरी नगरपालिका ४ रिछाहकी १६ बर्षिया बालिका बेलडाँडी गाउँपालिका २ मामाघर आएकी थिईन् । मामाघर आएका बेला काँग्रेस कार्यकर्ता मोहन साउद लगायतका ४/५ जनाले सामुहिक बलात्कार गरेको भन्दै पीडित परिवारले उजुरी दिएका छन् । घरबाट हराएकी भनेर मामाले ईप्रका बेलडाँडीमा निवेदन दिएपछि १९ भदौँ राती आरामिल क्षेत्रमा युवा सहित कि बालिका फेला परेको थिईन् ।

दोस्रो दिन शनिबार काँग्रेस नेता कार्यकर्ता, केही अधिकारकर्मी सहितले मिलापत्र गरेर घर लगेको पीडित परिवारले बताएका छन् ।दक्षिणी क्षेत्रका दलित अगुवा अधिकारकर्मीले घटना गम्भिर हुँदा समेत मिलोमतो गरिएको भन्दै आइतबार ईप्रका बेलडाँडीमा ठाडो उजुरी र सोमबार जिल्ला प्रहरी कार्यालयमा किटानी दिएका छन् ।
कञ्चनपुरका दलित अगुवा दान बहादुर सुनारले बालिकामाथि सामुहिक बलात्कार हुँदा पनि केही दल, ठुलाठालु, अधिकारकर्मीले मिलापत्र गराएको बताए । ‘घटना जघन्य हुँदा पनि मिलापत्र गराईयो, ‘उनले भने, ‘यसमा त मुद्दा नै दर्ता गरेर दोषिलाई कार्बाही गर्नुपर्छ ।’ दलित अगुवाले जिप्रकामा किटानी दिएपछि मंगलकार काँग्रेस कार्यकर्ता मोहन साउद पक्राउ गरिएका छन् । काँग्रेस बेलडाँडीका केही नेताले साउद नवप्रवेसी भएकाले कार्यकर्ता भन्ने कि नभन्ने विषयमा अन्यौलता छाएको बताएका छन् ।

काँग्रेस भित्रको गुटउपगुटका कारण एक गुटले बचाउने अर्को गुटले युवाहरुलाई फसाउन प्रपञ्च रचिरहेको जनाएका छन् । काँग्रेस बेलडाँडीका सभापति हर्कदेव जोशीले साउन आफ्नो कार्यकर्ता नभई शुभचिन्तक भएको बताए । घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।
पीडित पक्षले दलित, बालबालिका र महिलाको नाममा बजेट ल्याएर डलर पचाउने कुनैपनि घटनामा नबोलेको दुखेसो पोखेका छन् । प्रहरीले शुरुमै घरबाट हराएकी बालिका भनेर आएको मामाको निवेदनपछि बालिका फेला परेर दुवैपक्ष आफै मिलापत्र गरेर गएको जनाएको छ ।
प्रहरीले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । ईप्रका बेलडाँडीका इन्चार्ज राजेन्द्र सिहले घटनाको अनुसन्धान भईरहेको बताए । उनले शुरुमै मोहन साउद पक्राउ गरिएको बताए । बालिकाको महाकाली अस्पतालमा स्वास्थ्य परीक्षण समेत गरिएको छ । शुरुमै बािलकाका आफन्तले हराएको विषयमा निवेदन दिदा सोही अनुरुप उनीहरु आफै मिलेर गएको बताएका छन् । कतिपयले बलात्कार काण्डमा काँग्रेस कार्यकर्ता मुछिन थालेपछि काँग्रेसले उनीहरुमाथि कार्बाही गर्छ की संरक्षण भनेर टिप्पणी गरिरहेका छन् । घटनाको यथार्थ अनुसन्धान गरिनुपर्ने माग अघि सारिएको छ ।

प्रतिक्रिया दिनुस