कञ्चनपुर भाद्र २४ । कञ्चनपुरमा आफ्नै घरको छतबाट लडेर एक जना युवा यातायात व्यवसायीको मृत्यु भएको छ। पवनदुत यातायातका पूर्व बरिष्ठ उपाध्यक्ष समेत रहेका केशवदत्त जोशीको आफ्नै दुई तले घरको छतबाट लडेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले भीमदत्त नगरपालिका वडा नम्वर २ का ३५ बर्षीय जोशीको छतबाट लडेर मृत्यु भएको बताउनुभयो।‘छतबाट लडेर गम्भिर घाईते भएका उनलाई उपचारका लागि धनगढी पठाइएको ‘उपचारका क्रममा उन्को माया मेट्रो अस्पतालमा मंगलवार रातिनै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुस