डडेल्धुरा भाद्र २४ । शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाई डडेलधुरामा तालाबन्दी गरेका छन ।डडेल्धुरा जिल्लाका सामुदायिक विद्यालयमा शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरूले आफूहरूको तलब निकासा सहितका माग राखी तालाबन्दी गरेका हुन ।

शिक्षण सिकाई अनुदानको रकम निकासा नगरिएकोले सोही विषयमा गत साउनमा शिक्षा इकाईमार्फत शिक्षामन्त्रीलाई ध्यानाकर्षण बुझाउँदा पनि हालसम्म कुनै चासो नदिएको उनीहरुको गुनासो छ ।
पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण बुझाउँदा पनि आफूहरूका मागहरूको बेवास्ता गरिएकोले आफूहरू बाध्य भएर आन्दोलन मा जानुपरेको अनुदान शिक्षक समिति डडेल्धुराका संयोजक केशव बहादुर साउँदले बताउनुभयो।

निजी क्षेत्रलाई कर्मचारी को रोजगारी नखोस्न निर्देशन दिइरहेको सरकारले आफै शिक्षकहरूको तलब निकासा गरेको छैन ।आफूहरूका मागहरूप्रति सरकारले कुनै प्रतिक्रिया नदेखाएको भन्दै आफूहरू आन्दोलनमा गएको अनुदान शिक्षक समिति डडेल्धुराका संयोजक केशव बहादुर साउँदले बताए ।

प्रतिक्रिया दिनुस