ए गणतन्त्र चप्पल किन्न हैषियत नभएकाहरु ग्यामबुट लाउन थालेपछी,
तिम्रो स्वागत गर्न राजा फाले
एक राजा गए हजारौं राजा जन्मिए
आज तिमी संकटमा छौ ।
तिम्रो अस्तित्व झनझन संकटमा छ ।
तिम्रो नाम सुनेर जनता एकदमै उत्साहीत थिए,
तिमी आज किनबोल्दैनौ ,
के तिम्रो वास्तबिक रुप यही होत,
तिमी आएपछी हाम्री दीदी बहिनी बलत्कार गरी तिम्रै नामबाट जोगिन सफल हुदैछन के होत यो तिमी किन मौन छौ गणतन्त्रं,
तिम्रै नामले आज राष्टद्रोहीहरु बच्न सफल छन ।
तिम्रो नामको चरम दुरुपयोग गर्दैछन ,
तिमी भित्र्याउन लडेकाहरु आजकोही खाडीमा छन भने कोही चिल्लो गाडीमा छन ।
ए गणतन्त्रं तिमी आएपछीनै दलालको बिगबीगि भयो,
राष्टद्रोहीहरु हाबि भई एम सि सी ल्याउछौ भन्छन तिम्रै नामले अघी बढ्छौ भन्छन।
तिमी आयौ भोकमारी छायो
बलत्कारी पालिए
सिमा मिचीए
बेरोजगारी थपियो,
अदालतहरु शाषकहरुका आड्डा बने,
चप्पल किन्न हैषियत नभएकाहरु ग्यामबुट लाउन थाले
दलाली बढ्यो,
कमिशन खान पाए
तिम्रो आज नाम जताततै बदनाम छ ।
लेखक दिपेन्द्र ऐरी नेकपा पार्टीका युवा नेता हुन

प्रतिक्रिया दिनुस