शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का वडा सदस्य घरबाट सरकारी मोटरसाईकल चोरी भएको छ । नगरपालिकाले न्यायिक समितिको कामकाजका लागी खरिद गरेको मोटर साइकल न्यायिक समितिका सदस्य समेत रहेका उत्तरदेव भट्टको प्रयोग गर्न दिएको वजाज कम्पनीको एनएस १६० सिसिको अनटेष्ट  मोटरसाईकल शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ मा रहेको घरको कम्पाउण्डबाटै चोरी भएको होे ।

नगरपालिकाले न्यायिक समितिकको कार्यालय प्रयोजनको लागि मोटरसाईकल उपलब्ध गराएको थियो । मोटरसाइकलको ह्यानडल समेत लक गरेर राखेको भएपनि चोरी भएको बताउनुभयो । आफ्नो  घरको कम्पाउण्ड सहित विभिन्न सर–समान भएपनि चोरले सरकारी मोटरसाइकल नै चोरेर लगेको छ” वडासदस्य भट्टले बताए । सरकारी मोटरसाईकल चोरी भएको जानकारी पाएपछि खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले बताए ।

प्रतिक्रिया दिनुस