बाह्र बर्षको अवधिमा हजार विगाह उर्बराभूमि नदीमा परिणत, किसानको उठिबासी मात्र होईन देशको कुल ग्राह्यर्थ उत्पादनमा समेत प्रभाव
चुरे भएर दक्षिण तराईतिर झरेका (स्याली, बनहरा, मछेली) तीन नदी लालझाडी गाँउपालिका ४ डाँगा जाई एकै ठाँउमा मिसिन्छन् । त्यही विन्दुबाट दक्षिण बग्ने नदीलाई दोदा भनिन्छ । दोदा नदीले बर्षनी कटानी गरिरहेको छ । उर्बराभूमि कटानी गर्नेदेखि नदी नै गाउँमा पसेर मानव बस्तीको विस्थापन गराएको छ । नदीको कटानी रोक्ने तर्फ कसैको ध्यान छैन ।
हरेक निर्वचनका बेला नदी नियन्त्रणका लागि ठुलठुला भाषण, आश्वासन मात्र पाईने तर, चुनाव पछि नदी नियन्त्रण तर्फ कसैले ध्यान नदिदा बर्षनी खेतियोग्य भूमि नदीमा परिणत भईरहेको छ ।
नदीले खेतियोग्य जमिन बगाउँदा किसानको उठिबासी मात्र नभई देशको कुल ग्राह्यर्थ उत्पादनमा समेत प्रभाव परिरहेको हुन्छ । यसतर्फ कसैले सोचेको पनि छैन् । नदीको कटानीले बर्षनी दुई चार परिवारको जमिन कटानी गरेर उनीहरुको उठिबासी भएको विषय चार जनाको समस्य होईन, यो सिङ्गो देशकै समस्या भएको नबुझदा समस्या समाधान नभई झनझन झाँगिदै गएको छ ।
कुल ६ वडा रहेको लालझाडी गाँउपालिका पुरै वडामा छोएर दोदा नदी बग्छ । दोदा नदी समयमै नियन्त्रण नभए सिङ्गो गाँउपालिका सहित बेलौरी ५ र पुनर्वास नगरपालिका ५, १० र ९ वडा प्रत्यक्ष प्रभावित भएका छन् ।
यस बर्ष मात्रै दोदाले लालझाडी गाँउपालिका क्षेत्रका किसानको जमिन फेरी कटानी शुरु गरेको छ । लालझाडी गाँउपालिका ३ नन्दगाँउका भज्जी रानाको यस बर्ष मात्रै ५ कट्टा जमिन नदीले कटानी गरेर लगेको छ । ‘जस्तो नदी बग्छ, त्यस्तै हिसाबको मेरो जमिन छ, ‘नदीले तलदेखि माथिसम्म कटानी गरेको छ, ‘उनले भने, ‘करिब ५ कट्टा जमिन यस बर्ष पनि नदीले काटेर लग्यो ।’
लालझाडी गाँउपालिका २ कञ्जका स्थानीय धनसिह रानाले आफ्नो १० कट्टा उर्बराखेती बगाएर लगेको बताए । ‘नदी घट्ने बेला जमिन काट्छ, ‘उनले भने, ‘मेरो धान सहितको खेतमा कटानी गरिसक्यो ।’ भएको जमिन बर्षनी कटानी हुँदा समेत सरकारी निकायबाट रोकथामका लागि कुनै पहल नभएको दुखेसो पोखे । ‘खेतीबाट घरबार चलाउँथे, ‘उनले भने, ‘यसरी बर्षनी जमिन नदीले काट्दै छ, अब कसरी घरबार चलाउने ।’
दोदानदीले मात्रै नभई गाउँकै खरा नालाले लालसिह रानाको ६ कटा जमिन काटेकोछ । ‘एकातिर दोदाको कटानी छ, अर्कातिर खरा नालाले हाम्रो जमिन काटिरहेको छ, ‘उनले भने, ‘रोक्नका लागि कुनै पहल भएन् ।’ दोदा नदीका कारण जमिन मात्रै नभई मानव बस्तीको समेत विस्थापित भएका छन् ।
लालझाडीका स्थानीय युवा अगुवा अमर सिह रानाले दोदा नदीको कटानी, वाढि आउने हरेक बर्षको समस्या भएको बताए । ‘कटानी र वाढि आउँने यस बर्ष मात्र होईन, विगतदेखिकै समस्या भोक्दै आएका छौँ, ‘उनले भने, ‘कोही कटानीले विस्थापित छन, कसैको घरवारबिहीन भएको छ ।’ हरेक बर्ष उर्बराभूमि कटानी गर्ने नयाँ विषय नभए निरन्तर कटानी गरिरहेको बताए । ‘विस ०६५ सालतिर दोदामा आएको वाढिबाट विस्थापित अझैपनि जंगलमै बस्न बाध्य भएका छन, ‘उनले भने, ‘एकातिर कटानी र अर्कातिर विस्थापनको समस्या छ ।’
जिल्लाकै दुर्गम गाउँको रुपमा परिचित लालझाडीका गाँउबस्ती खेतीयोग्य जमिन छ । नगदेबालीदेखि अन्य बालीनालीको राम्रो उत्पादन भएपनि नदीको कटानीले खेतियोग्य भूमि नै तहस नहस हुने खतरा रहेको उनले बताए । ‘यस बर्ष केही किसानको जमिन काटेको उदाहरण मात्रै हो, ‘उनले भने, ‘यस्तो त विगतका बर्षहरुमा पनि कटानी भईरहन्थो, तटबन्धबका लागि सम्बन्धीत निकायमा धाएपनि समस्याा उस्तै छ ।’ नदीको कटानी रोक्नका लागि दुवैतर्फ मुखदेखि पुछारसम्म बलियो तटबन्ध बनाउनुपर्ने उनले बताए । लालझाडी गाँउपालिकाले समेत कति ?किसान कति जमिन कटानी गरेको छ, भन्नेबारे एकिन तथ्याङ्क राखेको छैन् । लालझाडी गाँउपालिका प्रमुख मदन सेन बडायकले मृख्य समस्या दोदाको कटानी भएको बताए । ‘यस बर्ष ३० विगाह जमिन कटानी गरेको छ, ‘उनले भने, ‘०६५ सालमा ३ सय विगाह थियो, त्यो यता क्रमिक बार्षिक रुपमा ४० देखि ५० विगाह काट्दै आएको छ ।’ १२ बर्षको अवधिमा एक हजार विगाह जमिन कटानी गरेको गाँउपालिका प्रमुख बडायकले बताए ।
‘झण्डै १२ बर्षको अवधिमा गाउँपालिकाका ६ वटै वडाको हजार विगाह खेतियोग्य जमिन काटेर नदीमा परिणत गरेको छ, ‘उनले भने, ‘कतै नदीले धार परिर्वतन गर्दा किसानले बगरखेती गर्दै आएका छन् ।’ तटबन्धका लागि गाँउपालिकासंग बजेट नहुँदा समस्या भईरहेको बताउदै उनले पटक पटक प्रदेश र संघीय सरकारसंग अनुरोध गर्दा पनि न बजेट न कार्यक्रम दिने गरेको दुखेसो पोखे । ‘हामीसंग भएको स्रोत साधनले नदी नियन्त्रण हुदैन, ‘उनले भने, ‘माथिल्ला सरकार दिदैनन, बर्षनी उर्बराभूमि कटानी भईरहेको छ ।’
नदी नियन्त्रणको जिम्मा पाएको जनताको तटबन्ध कार्यक्रम कार्यालयले समेत दोदा नदी नियन्त्रणका लागि खासै चासो दिएको छैन् । औपचारिकतामा कार्यालय सीमित रहेको पाईन्छ । झण्डै ११ बर्ष अघि नदी नियन्त्रणका लागि मात्रै स्थापना गरिएको कार्यालयले तटबन्धको राम्रो काम गर्ने भएपनि रोक्नका लागि पहल समेत गरेको छैन् ।
जनताको तटबन्ध कार्यालय महेन्द्रनगरका सुचना अधिकारी रामभक्त शर्माले बजेट अभावकै कारण एकै पटक ठुलो परिमाणमा दोदामा तटबन्ध निर्माण गर्न नसकिएको बताए । ‘हरेक बर्ष बजेट थोरथोरै पाईन्छ, ‘उनले भने, चार नदीमा वितरण गरेर काम गर्दा कमकमै भाग पर्छ ।’ गत आर्थिक बर्ष २०७६÷०७७मा बेलौरी नगरपालिका ५ भकुण्डा क्षेत्रमा ३ सय मिटर तटबन्ध निर्माण गरिएको बताए । कञ्चनपुरको महाकाली, दोदा र कैलालीको खुटिया र मोहना नदी नियन्त्रणको जिम्मा पाएको कार्यालयले यस बर्ष १५ करोड बजेट पाएको छ । बजेट अभावकै कारण नदी नियन्त्रणमा समस्या भईरहेको आर्यालयले जनाएको छ । ‘बढि बजेट दिएर त्यही अनुसार काम गर्न सकिन्छ, ‘सुचना अधिकारी शर्माले भने, ‘जस्तो बजेट पाईन्छ, तेस्तै काम हुन्छ , यसबाट कटानी रोक्न सकिदैन् ।’