शैक्षिक सुधार शिक्षक समाजले यथाशिघ्र जिल्लाभरीको समुचित शिक्षक दरबन्दी मिलानको माग अघि सारेको छ । शैक्षिक सुधार शिक्षक समाज कञ्चनपुरले विभिन्न निकायमा ज्ञापनपत्र बुझाउदै जिल्लाभरीको समुचित शिक्षक दरबन्दी मिलानको माग अघि सारेको हो । शैक्षिक सुधार शिक्षक समाज कञ्चनपुरका अध्यक्ष दिपेन्द्र बमले शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षा विकास तथा समन्वय इकाई केन्द्र, भीमदत्त नगरपालिका शिक्षा शाखा, विभिन्न शिक्षकका टे«ड यूनियनका अगुवालाई ज्ञापन पत्र बुझाएको बताए ।

शैक्षिक सुधार शिक्षक समाजले शैक्षिक गुणस्तर सुधार वैकल्पिक कक्षा संचालन, साविक तालिम केन्द्रलाई यथास्थितिमा राख्नुपर्ने, तहगत शिक्षक दरबन्दी, निजी स्रोतका शिक्षक, बाल विकास, विद्यालय कर्मचारीको सेवा सुविधा तथा सुचित व्यवस्थापन गर्नुपर्ने, राहत शिक्षक र उमावि दरबन्दीका शिक्षकलाई स्वत दरबन्दीमा राख्नुपर्ने लगायतका माग अघि सारिएका छन् । ‘हामीले अघि सारेका माग सबै शैक्षिक हितकै लागि हो, ‘अध्यक्ष बमले भने, ‘सम्बन्धीत निकायले कार्यान्वयन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुस