कञ्चनपुरको भीमदत्त नगरपालिका २ नम्बर वडाका एक दाम्पतीमा कोरोना देखिएको छ । ३० बर्षिया श्रीमती र ३३ बर्षिया श्रीमानमा कोरोना देखिएको हो । सेती प्रादेशिक अस्पतालमा उनीहरुको परीक्षण गरिएको थियो । भीमदत्त नगरपालिका २ वडाध्यक्ष डम्बर कार्की(डिके)ले संक्रमित दुवैलाई आईसोलेट गरिएको छ । ‘उनीहरु न विदेशबाट फर्किएका हुन्, ‘अध्यक्ष कार्कीले भने, ‘घरमै रहेकालाई पनि कोरोना देखियो, सचेत हुनुको विकल्प छैन् ।’ वडाध्यक्ष कार्कीले स्वास्थ्यप्रति सजक हुन वडाबासीमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुस