एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरले विभिन्न जिम्मेबारी तोकेको छ । सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको जुम अनलाई बैठकबाट विभिन्न विभागको जिम्मेबारी दिएको हो । एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका सचिव गोबिन्द ढाँटले बरिष्ठतम संगठनका नेताहरुलाई जिम्मेबारी दिएको बताए । सचिव ढाँटका अनुसार राहत, साविक उमावि, महिल शिक्षक विभाग घोषणा गरिएको छ ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष शेर बहादुर भाटको अध्यक्षतामा केन्द्रीय अध्यक्ष शंकर अधिकारीको प्रमुख आथित्यमा तीन विभाग घोषणा गरिएको हो । साविक उमावि विभागको इन्चर्ज बिरेन्द्र प्रशाद भट्ट संयोजक दिपक बहादुर खडका, सह संयोजक वविता दाहाल, सचिव निरन्जन प्रशाद भट्ट, सदस्य रामदत्त जोशी, हेमा भट्ट,चक्र्रदेवी जोशी, शंकर विष्ट, राजेन्द्र प्रशाद भट्ट, मान ब. चन्द, मिना थापा, मदन बैज, रमेश कु. जोशी, टेकराज भट्ट, राधिका कु शाही, महिला शिक्षक विभाग तर्फ काली नेपाली, संयोजक गंगा रावत, सह संयोजक कल्पना पाण्डेय, सचिव कृष्ण शाही, सदस्य रुक्मनी अवस्थी, भूमि साउद, शान्ती सार्की, हरिप्रिया भाट, बसन्ती पनेरु, ईश्वरी जोशी, साबित्री राना, भवानी चौधरी, राहत शिक्षक विभागमा गणेश धानुक इन्चार्ज, लोकेन्द्र कुँवर संयोजक, नवराज अवस्थी सह संयोजक सचिव नाथ ब. बुढा सदस्य लोक बहादुर पाताली, गजेन्द्र भण्डारी, प्रेम ब. क्षेत्री, ललित चन्द, धर्मराज जोशी, गणेश चौधरी, शुकराम राना रहेका छन् ।

प्रतिक्रिया दिनुस