लाल ब. एस.के,
कञ्चनपुर भाद्र २९ । विपदमा बाल अधिकारको सुनिश्चितता हामी सबैको साझा प्रतिबद्धता भन्ने मुल नारा सहित राष्ट्रिय बाल दिवस पुनर्वास नगरपालिकाको सभाहलमा मनाईएको छ ।महिला तथा बालबालिका शाखा पुनर्वासको आयोजना तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको सभाध्यक्षमा भएको कार्यक्रममा नगर उपप्रमुख शारदा बिष्ट ,निमित्त प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र खाती, वडा नं।३ का अध्यक्ष कृष्ण बहादुर तामाङ लगायतका व्यक्तिहरुको आतिथ्यमा कार्यक्रम शुरु भएको थियो ।

महिला तथा बालबालिका शाखा पुनर्वासकि प्रमुख रिता मल्लको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा पुनर्वास नगरपालिका अन्तर्गतका ८ ओटा माध्यमिक सामुदायिक विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । नगर प्रमुख थापाले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको सो कार्यक्रमको सञ्चालन कुन्ती जोशीले गर्नु भएको थियो । पुनर्वास नगर प्रमुख थापाले विश्वव्यापीरुपमा कोरोना भाइरसका कारणले शिक्षाक्षेत्रमा जुन असर परेको छ त्यसमा नगर प्रमुखले दुःख व्यक्त गर्नु भयो ।

उहाँले भने अव छिट्टै विद्यालयहरु सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको बताए । वक्तित्वकलामा आफ्नो क्षमता देखाउनु भयो त्यसका लागि सम्पूर्ण विद्यार्थीहरुलाई मेरो तर्फ बाट शुभकामना सहित धन्यवाद व्यक्त गर्नु भयो । त्यसैगरी आसन गर्नमा रहनुभएकी पुनर्वास नगरपालिकाकी उपप्रमुख शारदा विष्टले भने आज पूर्व बास नगरपालिकाको हलभित्र विद्यार्थी भाइ बहिनीहरूको राष्ट्रिय बाल दिवस कार्यक्रम मनाइरहदा आफूलाई हिजोको दिनमा भव्यताकासाथ मनाईने कार्यक्रम आज कोरोनाको कारणले हलभित्र मनाइरहदा आफू दुख समेत व्यक्त गर्नुभयो आगामी दिनहरुमा बाल दिवस कार्यक्रमहरु भव्यताकासाथ मनाउने र विद्यार्थी भाईबहिनीलाई उज्वल भविष्यका लागि शुभकामना दिनुभयो ।

विद्यार्थी भाईबहिनीहरुले जुन आफ्नो क्षमता प्रदर्शन गर्नु भयो त्यसको आफुले उच्व सम्मान गर्नुहुदै धन्यवाद व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै कृष्ण भट्टले नेपालमा बालदिवश र बाल अधिकार सम्बन्धमा दुखद पत्र पस्तुति गरी बाल दिवस को बारेमा थप जानकारी दिनुभयो । वक्तृत्वकलामा प्रथम हुने हुने जनकल्याण माविका छात्र शान्तना लो त्यसैगरी दोस्रो हुने गौरीशंकर मा बि क पा विनिता जोशी त्यसैगरी तेस्रो हुने यस मुर्तीृ सर्मा बाल बागेश्वरीका रहेका छन् ।

प्रतिक्रिया दिनुस