हरिश्चन्द्र बाग, कञ्चनपुर, भदौ २९।सामान्यतया रक्तदान भन्नाले कुनै पनि मानिसको स्वेच्छाले आफ्नो रगत दान गर्नुलाई जनाउँछ । रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबाइटिक सँगै कार्बनडाइअक्साइड, युरियाजस्ता बिकार ओसारपसार गर्छ । हामीले व्यापक रूपमा सुन्ने गरेका छौं, ’रक्तदान जीवनदान’ । रक्तदान गर्नु पुण्यको काम हो । किनभने हामीले दिएको रगतबाट कसैले नयाँ जीवन पाउँछ । रक्तदान गर्नाले अन्य व्यक्तिको जीवन मात्रै बच्दैन, बल्कि रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहन्छ ।

सोही अभिप्रायका साथ कञ्चनपुरको बेलौरीमा रहेको श्री महाकाली बहुमुखी क्याम्पसले समेत वृहत् रक्तदान कार्यक्रम गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणका कारणले यो समयमा नेपालमा पनि देशभर रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै नेपाल युवा रेडक्रस सर्कल श्री महाकाली बहुमुखी क्याम्पसको आयोजनामा सोमबार रक्तदान कार्यक्रम गरिएको क्याम्पस प्रमुख धर्म राज जोशीले बताउनु भएको छ ।

महाकाली बहुमुखी क्याम्पसको सभाहलमा आयोजित रक्तदान कार्यक्रममा एक सय तीन जनाले रक्तदान गरेको क्याम्पस अन्तर्गतको नेपाल युवा रेडक्रस सर्कलका सभापति नवराज अवस्थीले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा रेडक्रस बेलौरी उपशाखा, कञ्चनपुर शाखा र कैलाली शाखाको प्राविधिक सहयोग तथा शोभाताल मध्यवर्ती सामुदायिक बनको आर्थिक सहयोग रहेको थियोे । त्यस्तै डिसिए नेपाल, एनएनएसडब्लुए र महालक्ष्मी लाइफ इन्स्योरेन्स बेलौरीको कार्यक्रममा सौजन्य रहेको थियो ।

उक्त कार्यक्रममै एनएनएसडब्लुए अन्तर्गतको उत्थान परियोजनाका संयोजक विनोद विक्रम जैरूले ओजोन तह संरक्षण सम्बन्धी सहजीकरण गर्नुभएको थियो ।रक्तदान कार्यक्रममा सहयोग गर्ने सबै प्रति क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्र सिंह बिष्टले आभार व्यक्त गर्नुभएको छ । उहाँले महाकाली बहुमुखी क्याम्पसमा गुणस्तर सुनिश्चितताको प्रत्यायन प्रमाण पत्र ९ क्युएए ० प्राप्तिको प्रक्रिया अगाडि बढाउनका लागि समेत यस क्षेत्रका सबै पक्षको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

मानव शरीरमा पुरानो रगतको क्षय प्रक्रिया लगातार चलिरहने हुनाले त्यसै नष्ट भएर खेर जाने रगत नियमित रूपमा दान गर्दा फाइदाजनक हुन्छ । अहिले बिभिन्न सामाजिक संघसंस्थाहरूले बृहत रक्तदान कार्यक्रम तथा जनचेतनामुलक अभियानहरू संचालन गरी रगत संकलन कार्यलाई प्रभावकारी बनाउन सकारात्मक प्रयास पनि गरिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुस