लाल ब. एस.के ,कञ्चनपुर, ३० भदौँ  ।प्रहरीको सकृयताले चोरी भएको शुक्लाफाँटा नगरपालिकाको एक मोटरसाईकल बरामद गरेको छ । भने संलग्न दुई जना किशोरलाई पक्राउ समेत गरेको छ । शुक्लाफाँटा नगरपालिका १का सदस्य एव न्याय समिति सदस्य उत्तरदेव भट्टले चलाउने नगरपालिकाको मोटरसाईकल आइतबार चोरी भएको थियो ।

सोमबार राती इलाका प्रहरी कार्यालय बेलडाँडीले उक्त मोटरसाईकल सहित दुई जनालाई पक्राउ गर्न सफल भयो ।
न्याय समिति सदस्य भट्टकै घरबाट चोरी भएको अनटेष्ट मोटरसाईकल बरामदका साथै बेलडाँडी घर बताउने सुरेन्द्र रावल र नरेन्द्र बमलाई पक्राउ गरिएको छ । ‘मोटरसाईकल चलाएर जाँदै थिए, ‘ईप्रका बेलडाँडीका इन्चार्ज राजेन्द्र सिहले भने, ‘ति दुवै युवक सहित मोटरसाईकल नियन्त्रणमा लिएका छौँ ।’
बन्साहमा मोटरसाईकल चोरी भएको खबर आए लगत्तै ईप्रका बेलडाँडीको टोली समेत चोर पक्राउका लागि सकृय थियो । प्रहरीकै सकृयताका कारण चोरले ग्यारेजसम्म लैजान सकेन्। तसर्थ मोटरसाईकल बरामद ग¥यो ।
बेलडाँडी प्रहरी समक्ष दुवै जनाले किनेर ल्याएको बताएका छन् ।

शुक्लाफाँटाका स्थानीयले भने जाने सुनेको र स्थानीय चोरकै सहयोगमा मोटरसाईकल चोरी भएको बताएका छन् । ति दुई भरिया या कुनै साँच्चिकै खरिद गरेका व्यक्ति हुन् । उनीहरु माथि र चोरको चेनसम्म पुगे अझै वास्तविकता आउने माग अघि सारेका छन् । स्थानीयले चोरलाई छुट नदिई बाँकी चोर समेत पक्राउ गर्नुपर्नेमा जोड दिएका छन् । प्रहरीले घटनाको अनुसन्धान जारी राख्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुस