लाल बहादुर एस.के

जिल्लाको दक्षिण क्षेत्रको रहेको सिद्धार्थ युवा क्लब पर्नवास र नेपाल रेडक्रस सोसाईटी पुर्नवास उपशाखाको संयुक्त आयोजनामा रक्तादान कार्यक्रम गरेको छ । रक्तदान जीवन दान भन्ने मुल नाराका साथ बुधबार पर्नवास नगरपालिकाको वडा नं. ७ का ४९ जना व्यक्तिहरु रक्तादान गरेका हुन । सिद्धार्थ युवा क्लब पर्नवास ७ का अध्यक्ष युवराज स्ुजलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी पुर्नवास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाको प्रमुख अतिथी, पुर्नवास नगरपालिकाका नगर उप–प्रमुख सारदा शर्मा बिशिष्ट अतिथी रहेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाईटी पुर्नवास उपशाखाका सचिव रुपेश खरेलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुस