कृष्ण नेपाली कञ्चनपुर, ३१ भदौँ

कञ्चनपुरका राहत शिक्षकले राहत शिक्षकका नाममा गरिने सबै खाले असमान व्यवहार बन्द गरिनुपर्ने माग अघि सारेर शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । बुधबार नेपाल राहत शिक्षक जिल्ला कार्य समिति कञ्चनपुरले शिक्षा विकास तथा समन्वय इकाई केन्द्रमा ज्ञापन पत्र बुझाउँदै राहत शिक्षकमाथि हुने सबैखाले विभेद बन्द गरिनुपर्ने माग अघि सारेका हुन् ।

ज्ञापन पत्रमा राहत अनुदान कोटाका शिक्षकलाई दरबन्दी मिलान गर्ने गर्ने हो, भने सर्वप्रथम नीतिगत रुमिा स्वीकृत दरबन्दीमा परिणत गरिनुपर्ने, दरबन्दी मिलानको नाममा राहत शिक्षलाई नै सरुवाको प्राथमिकता राख्नुले सम्बन्धीत सरोकारवालाहरुसंग नैतिक आधार नभएकोले तथ्य प्रष्ट भएको उल्लेख गरिएको छ । राहत शिक्षक जिल्ला समिति कञ्चनपुरका अध्यक्ष लवदेव अवस्थी र राहत शिक्षक आन्दोलन परिचालन जिल्ला समन्वय समिति संयोजक गोबिन्द ढाँटले हस्ताक्षर गरेको विज्ञप्तीमा शिक्षासंग सरोकार राख्ने छलफल, बैठक महत्वपूर्ण शैक्षिक संवादमा राहत शिक्षकको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने विषय अघि सारिएको छ ।

प्रतिक्रिया दिनुस