कञ्चनपुर,असोज,२ । बैतडीको डिलाशैनी गाउँपालिकाको गाडी काठमाडौमा ट्राफिक फन्दामा परेको छ । डिलाशैनी गाउँपालिका अध्यक्ष आकेन्द्र बोहराले भाडामा लिएर चढ्ने गरेको म १ च ४८८ नम्बरको गाडी काठमाडौ थापागाउं स्थित गाडि जथाभावी रोडमा पार्किङ गरेको भनेर ट्राफिक प्रहरीले लकलगाएर कारबाही गरेको छ ।

गाउँपालिका अध्यक्षले नेकपा जिल्ला अध्यक्ष शुरेन्द्र पालको म १ च ४८८ नम्बरको  गाडी महिनाको १ लाख २० हजार भाडा तिर्ने र गाडीको मोविल खर्च २० हजार प्रति महिनाको दिने गरेर गाउँसभाबाट पारित गरेको छ । डिलाशैनी गाउँपालिकाको गाडी भाडामा लिएर चरम दुरुपयोग गरेको गुनासो पटक पटक आए पनि गाडी सधै दुरुपयोग  गरेको पाईएको छ ।

गाउँपालिकाको केन्द्र आफ्नो घरमा राख्नको लागि मन्त्रीपरिषदबाट भनसुन गरेर पास गराउन नेकपा बैतडी अध्यक्ष सुरेन्द्र पाल र डिलाशैनी गाउंपालिका अध्यक्ष अहिले काठमाडौमा मन्त्री सांसद संग लबिङमा गएका छन ।

राज्य पुनर्संरचना आयोगले गाउंपालिकाको केन्द्र डिलाशैनी गाउँपालिका वडा न ७ मा राख्ने निर्णय गरेको थियो । गाउँकार्यपालिकाको प्रथम बैठकले पनि सर्वसम्मतिले गाउँपालिकाको केन्द्र वडा न ७ मै राख्ने निर्णय गरेता पनि , नेकपा बैतडीका जिल्लाअध्यक्ष सुरेन्द्र पाल र गाउँपालिकाको अध्यक्ष उकेन्द्र बोहराको सेटिङमा राज्य सत्ताको चरम दुरउपयोग गरि नेकपा जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरमा लैजान खोजेका छन ।

दुई  जनप्रतिनिधि घुङरा लुहार र बिर दत्त भट्टलाई बनभोज गए बाफतको भत्ता बुझ्नको लागि दस्खत गराउने भनी डर धाक धम्की दिई करकाप पुर्ण रुपमा उक्त्त निर्णयमा हस्ताक्षर गर्न लगाएको भनी दुइटै वडा सदस्यहरुले संघिय मामिला तथा स्थानीय मन्त्रालयमा आफ्नो मत बदर गरि पाउँ भनी निबेदन दिइसकेका छन ।

गाउँपालिकाको केन्द्र आफ्नो घरमा राख्नको लागि मन्त्रीपरिषदबाट भनसुन गरेर पास गराउन नेकपा बैतडी अध्यक्ष सुरेन्द्र पाल र डिलाशैनी गाउंपालिका अध्यक्ष अहिले काठमाडौमा मन्त्री सांसद संग लबिङ गरिरहेका छन ।

प्रतिक्रिया दिनुस