विकास सिह महता

कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रको नाका भएर उत्तरतर्फ तस्करी भएको तस्करको अवैध समान सशस्त्र प्रहरीले बरामद गरेको छ । बेलौरीका क्षेत्रका तीन स्थानमा शसस्त्र प्रहरीका तीन बिओपी छन् । चार बिओपी रहेको बेलौरीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको २४ सै घण्टा पहरा हुन्छ । भारतीय बजारबाट तस्करी गरि ल्याएका समान बेलौरीकै तीन बिओपी मध्ये एक बिओपीले पक्राउ नगरेपछि बिओपीको माथिल्लो निकाय सशस्त्र प्रहरी बल ३५ नम्बर गण झलारीले तस्करको समान बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक ईश्वरी दत्त भट्टको नेतृत्वमा खटिएको टोलीले लालझाडी गाउँपालिका ६ चाँन्देव जंगल क्षेत्रबाट भन्सार चोरी छलीका समान बरामद गरेको छ ।

 

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी गणका अनुसार भारतबाट नेपाल भित्र्राउदै गरेको सुर्ति, गुटखा, बिडी, चिनी, मटर दाना कपडा, प्लाष्टिका पाईप, किराना समान मोटरसाईकल सहित सात लाख ५३ हजार ६ सय ५० रुपैया बारबरको समान बरामद गरि भन्सार बुझाईएको छ । बेलौरीका स्थानीयले सशस्त्र प्रहरीकै मिलोमतोमा तस्करी भईरहेको छ । यता बेलौरीबाट लाईन मिलाएर समान लगेपनि माथिल्ला निकायबाट समान बरामद गरिएपछि तस्करले लाईन दिएका सशस्त्रका हाकिमसंग विवाद झिक्दै आएका छन् ।

 

तस्कर तह लगाउनका लागि सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका बिओपी इमान्दार हुनुपर्नेमा जोडदिएका छन् । अहिलेसम्म केही तस्कर र केही सीमा क्षेत्रमा रहेका कमाण्डरको भुडि भरिने काम भईरहेको हुँदा तस्करीबाट एक व्यक्ति र अर्का सुरक्षा निकायका कमाण्डको भलो हुने राज्यलाई घाटै घाटा हुने गरेको छ । स्वाभिमानका साथ व्यवसायीले भन्सार काटेर समान ल्याउन उनीहरुमाथि कोहीपनि हावि नहुने स्थानीयको तर्क छ । निश्चित तस्करका नाका भएपछि बेलौरीका सशस्त्र प्रहरीले तस्करलाई छुट दिएपछि त्यसका माथिल्ला निकायबाट समान बरामद भएको घटनाले समेत मिलोमतोमा तस्करी भईरहेको स्थानीयको दावि छ । भारतबाट बेलौरीका दुरी करिब ५ किलोमिटर बेलौरीदेखि चाँन्देव करिब ८–१०किलोमिटर उत्तरमा धमाधम तस्करका समान बरामद हुन थालेपछि सीमा क्षेत्रमा रहेका सशस्त्रको मिलोमतोमा भएको दावि गरिएको छ । बेलौरीमा चार बिओपी हुँदा पनि तस्कर बेलौरी क्षेत्रमै किन ? नियन्त्रण हुन नसकेको स्थानीय आक्र्राोसित भएका छन् ।

प्रतिक्रिया दिनुस