बर्दिया ,आश्विन, ४ । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा बिभिन्न पार्टी परित्याग गरेर १९ जना नेता कार्यक्रता नेकपा (क्रान्तिकारी माओवादी) मा प्रबेश गरेका छन् । शनिवार नेकपा क्रान्तिकारी माओवादीमाकोे ठाकुरबाबा नगरपालिका वार्ड १ र २ मा पार्टीले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टीबाट आएका ब्यक्तिहरुलाई पार्टी प्रबेश गरेका छन ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य भुपेन्द्र न्यौपानेले नवप्रबेशीलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तेज बिक्रम शाही बर्दिया जिल्ला सचिब बिपीन क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।अहिले पार्टी प्रवेस गरेकाहरुको बिभिन्न कारणले नाम भने सार्वजनिक नगरेको क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य भुपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस