बझाङ असोज ४ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं )को बझाङ जिल्लाको जिल्ला भेला सम्पन्न भएको छ। भेलाले जिल्ला भरिका प्रतिनिधिहरु बाट भरत धामिको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिती गठन गरेको छ।

जसको सचिब जगत धामी,सह सचिब निरुता धामी उपाध्यक्ष भुवन बोहरा,कोषाध्यक्ष कल्पना धामी सदस्यमा क्रमश देब धामी,देबराज खडका,बिक्रम भण्डारी र राम धामी रहेका छन।आइतबार सदरमुकाम चैनपुरमा सम्पन्न भेलाले उक्त समिती गठन गरेको हो।अखिल (छैठौं)का पुर्ब विद्यार्थी नेता एबम राष्ट्रिय जनमोर्चाका युवा नेता जगत प्रशाद जोशीको प्रमुख अतिथि रहेका थिए । अतिथिमा अखिल (छैठौं)का सु .प प्रदेश सह सचिब टंक अवस्थी रहेका थिए ।

प्रतिक्रिया दिनुस