काठमाडौं असोज ४। नेकपा (क्रान्तिकारी माओवादी) निकट जनगणतान्त्रिक जिल्ला सम्पर्क समन्वय समितिको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र दलाल केपी ओली नेतृत्वको सरकारका विरुद्ध चर्को नाराबाजीसहित गरिएको विरोध प्रदर्शनसँगै विरोधसभा समेत आयोजना गरिएको छ ।

विरोध सभालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापा, पार्टी केन्द्रीय सदस्य तथा अनेमसंघ (क्रान्तिकारी)की महासचिव शारदा महत, पार्टी केन्द्रीय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव बसन्त बोगटी र जनगणतान्त्रिक जिल्ला सम्पर्क समन्वय समितिका संयोजक विष्णु खड्का लगायतका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा नेताहरुले एमसीसी पास भए नेपालको राष्ट्रिय स्वाधीनता गुम्ने भन्दै कुनै पनि हातलमा यो सम्झौता खारेज गरिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुस