कैलाली ,असोज, ४ , कैलाली जिल्लामा रहेका विभिन्न राजनैतिक दलका क्रियाशील विद्यार्थी संगतठनहरुको संयुक्त बैठक बसेर आज एक प्रेस विज्ञप्ति जारी गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) नेकपा विप्लव निकट अखिल क्रान्तिकारी सत्ता पक्ष निकट रहेको अनेरास्ववियू नेपाली कांग्रेस निकट रहेको नेवि संघ जनमोर्चा निकटको अखिल छैटौँ समाज वादी विध्यार्थी संगठन लगायत विध्यार्थी संगठनले बिभिन्न ८ बुदे माग सहित प्रेस विज्ञप्ती जारी गरेका छन । स्वास्थ्य सर्तकता अपनाउदै तत्काल सबै विद्यालय र क्याम्पसहरुको पठनपाठन संचालनको वातावरण तयार गर्न अनुरोध पनि गरिएको छ ।

विज्ञप्तीमा यस्ता छन महत्वपूर्ण निर्णयहरु

१) कोरोना (कोभिड)१९ भाइरस तत्काल नियन्त्रण नहुने र अझै केहि वर्ष सम्म रहि रहने प्रक्षेपण गरिएको छ। वैकल्पिक सिलाई प्रभावकारी नभएको र शैक्षिक शत्र खेरजाने देखिएको हुनाले आवश्यक स्वास्थ्य सर्तकता अपनाउदै सबै विद्यालय र क्याम्पसहरुको पठनपाठन संचालनको वातावरण तयार गर्न
अनुरोध गर्दछौं।
२) कोरोना के कारण अलपत्र परेका विद्यार्थी, गरिव तथा विपन्न मजदूरों कोठाभाडा र राहत प्याकेज घोषणा गर्ने निजी विद्यालय कार्यरत शिक्षक तथा कर्मचारीको तलवको व्यवस्था गर्न सरकार संग माग गर्दछौं
३) जिल्ला भित्रका निजी विद्यालय तथा क्याम्पसहरुले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरि रहेका छन् । भौतिक रुपमा कक्षा संचालन नगर्दै शुल्क लिने शैक्षिक संस्थाहरुलाई कारवाही गर्न माग गर्दछौं
४) जिल्ला भित्रका विभिन्न शैक्षिक संस्थान हरुले दिदै आएको छात्रवृतिलाई वृद्धि गरि वैज्ञानिक र व्यवहारिक मापदण्ड बनाई पारदर्शी ढंगले कार्यान्वयन गर्न माग गर्दछौं।
५) वर्तमान अवस्थामा चल्ने सार्वजनिक सवारी साधन हरुको लुटतन्त्र लाई नियन्त्रण गरि भाडा
वृद्धिलाई तत्काल खारेज गर्न तथा विद्यार्थी सहुलियतलाई कडाईपूर्वक कार्यन्वन गर्न माग गर्दछौं ।
६) सरकारी शिक्षकहरुको सरुवामा हुने गरेको चलखेल अनियमिततालाई तत्काल नियन्त्रण गर ।
७) कोरोना महामारीको बेला जिल्ला भरि भइरहेको भ्रष्टचारलाई नियन्त्रण गर ।
८) पेय तथा खाद्यपदार्थमा कालोवजारी र मूल्य वृद्धि भइरहेको अवस्थामा कडाभन्दा कडा रुपमा अनुगमन गरी दोषी उपर कार्वाहीको जोडदार माग गर्दछौं ।

प्रतिक्रिया दिनुस