जनकपुर , असोज, ३। नेपालमा रेल सेवा सञ्चालनमा ल्याउनकालागि आवस्यक कानुन र कर्मचारी नहुँदा शुक्रबार भारतबाट पुराना रेललाई नयाँ पेन्ट लगाएर नेपाल ल्याइएका दुइ रेल शनिबार फेरी भारत फर्केका छन ।शुक्रबार रेल ल्याएर आएका भारतको कंकोण रेलवे कर्पोरेसनका कर्मचारीहरूले शनिबार दुबै रेल भारत लिएर गएका हुन्।

जनकपुरबाट उहाँहरू दिउँसो १२ बजेतिर रेल लिएर यहाँबाट जानुभएको हो, रेलवे तथा मेट्रो विकास कार्यालयका जनकपुरका इन्जिनियर विनोद ओझाले भने,अब ती रेल जयनगरको स्टेशनमा राखिने छ ।जयनगरमा नेपालको आफ्नै रेल स्टेशन हो सोही स्टेशनमा अब ती रेल राखिनेछन्। सधैँ बन्द भएर इन्जिन नबिग्रियोस् भनेर बेलाबेलामा इन्जिन चलाइरहनु पर्छ। इन्जिनको हेरचाहसँगै रेलको अन्य सुरक्षा कंकोण कम्पनीले नै गर्ने ओझाले बताए।

यसअघि जयनगर ९जनकपुर रेल चलाउन २०१९ मा एउटा निकै छोटो कानुन थियो। उक्त कानुन अहिले सान्दर्भिक नभएकाले सरकारले रेल सञ्चालनसम्बन्धी नयाँ कानुन ल्याउन लागेको छ।गत पुसमा राष्ट्रिय सभामा दर्ता भएको रेल्वेसम्बन्धी विधेयक अहिलेसम्म पास नभएकाले रेल चलाउन समस्या देखिएको ओझाले बताए।

प्रतिक्रिया दिनुस