भुपेन्द्र ओली,
कञ्चनपुर असोज ३ । कञ्चनपुरको महाकाली नगरपालिका दोधारा चाँदनीका समाजसेवी खडक बहादुर बस्नेतले सशस्त्र प्रहरीलाई पाँच कट्टा जग्गा सहयोग गरेका छन् । माहाकाली नगरपालिका १० स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट निर्माणका लागि जग्गा सहयोग गरेका हुन् ।

माहाकाली नगरपालिका १० का वस्नेतले शुक्रबार सशस्त्र प्रहरीलाई जग्गा दिएका हुन् । वस्नेत परिवारले सुन्दरनगर र गुरुङ्ग टोल बिचमा पर्ने जमिन सशस्त्रको पोष्टलाई सहयोग गरिएको छ ।माहाकाली नगरपालिका १० मा सशस्त्र प्रहरीको नयाँ पोष्ट राखिएपछि भवन लगायतका संरचना बनाउन सशस्त्रलाई भवन लगायतका संरचना बनाउन जग्गा चाहिएको थियो । बोर्डर आउट पोष्टका इन्चार्ज सहितले सशस्त्रलाई जग्गा सहयोगका लागि वस्नेत परिवारलाई आग्रह गर्दै आएका थिए ।

सशस्त्र प्रहरीको आग्रह अनुसार प्रहरीलाई सीमा सुरक्षामा सहयोग पुगाउन जग्गा दान गरिएको समाजसेवी वस्नेतले बताए । ‘सशस्त्र प्रहरी यहाँ सीमा सुरक्षाका लागि आएको छ, वहाँहरुलाई सहयोग गर्न हामी सबैको दायित्व हो’ वस्नेतले भने,‘सशस्त्रलाई भवन लगायतका संरचना बनाउन सहज होस भनेर जग्गा सहयोग गरेका छौ ।’

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टका तत्कालिन इन्चार्ज प्रहरी निरीक्षक राम सिह भण्डारीले जग्गाका लागि वस्नेत परिवारसित आग्रह गर्दै आएका थिए । उनी सरुवा भएपछि बोर्डर आउट पोष्टमा आएका नयाँ इन्चार्ज कृष्ण बहादुर बोहरा पनि जग्गाका लागि वस्नेत परिवारसंग पुगेका थिए ।

वस्नेत परिवारले पाँच कट्टा जग्गा उपभोगका लागि सशस्त्र प्रहरीलाई मन्जुरीमा दिएका छन् । माहाकाली नगरपालिकाका मेयर बिर बहादुर सुनार, नगर प्रवक्ता दिल बहादुर सिजाली, माहाकाली नगरपालिका १० का अध्यक्ष नर बहादुर सुनार लगायतको रोहबरमा जग्गाको मन्जुरीमा दिइएको छ ।

दोधारा चाँदनी क्षेत्रमा कटानदेखि बस्दै आएको वस्नेत परिवारले यस अघि पनि माहाकाली नगरपालिका १० कै हरिओम आधारभूत विद्यालयलाई चार कट्टा जग्गा दान दिएका थिए ।समाजसेवी वस्नेतका दुई छोरा र एक छोरी छन् । उनका दुबै छोरा व्यवसायी छन् । जेठा छोरा सन्दिप काजी वस्नेत कृषि औजार सम्बन्धि व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीलाई जग्गा सहयोग गर्न वस्नेत परिवार सहित दोधारा चाँदनीका सबै वासिन्दाका लागि गर्वको विषय भएको बताए ।‘सशस्त्र प्रहरी सीमा सुरक्षाका लागि आयो, सीमा सुरक्षा हामी सबैको दायित्व पनि हो’ सन्दिप काजी वस्नेतले भने,‘यसले सशस्त्रलाई सीमा सुरक्षामा कामकाज गर्न सहज हुन्छ ।’

प्रतिक्रिया दिनुस