विकास सिह महता, कञ्चनपुर , असोज / ३संविधान दिवसको अवसरमा कञ्चनपृरको पर्यटकिय र सार्वजनिक क्षेत्रमा सरसफाई गरिएको छ । शुक्लाफाँटा समुदायमा आधारित चोरी शिकार नियन्त्रण उप समितिले राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमको सहयोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका १३ पिपरैया स्थित दक्षिण एसियाकै दोस्रो लामो झोलुङ्गे पुल क्षेत्र लगायतका सार्वजनिक स्थानमा सरसफाई गरेको हो ।
शुक्लाफाँटा समुदायमा आधारित चोरी शिकार नियन्त्रण उप समितिका अध्यक्ष महेश दत्त भट्टले संविधान दिवस र विश्व सरसफाई दिवसको अवसरमा सार्वजनिक र पर्यटकिय क्षेत्रमा सरसफाई गरिएको बताए ।अध्यक्ष भट्टका संविधान र सरसफाई सचेतना सम्बन्धीको सरसफाई गरिएको बताए ।
भीमदत्त नगरका जनप्रतिनिधी, गैरसस महासंघ कञ्चनपुर, झोलुङ्गे प्रंहरी चौकी शुक्लाफाँटा उपभोक्ता समिति, द युथ किङस युवा क्वब, मिसन क्लिन एमएनआर, सगरमाथा युवा, टोल विकास संस्था, स्थानीय युवा सहितको सहभागितामा सरसफाई गरिएको थियो । अध्यक्ष भट्टका अनुसार शुक्लाफाँटा मध्यवर्ती क्षेत्र अन्र्तरगत रहेको भीमदत्त नगरपालिका १३ मा मुख्य चोक चौराह, सडक र झोलुङ्गे पुल क्षेत्रमा सरसफाई गरिएको बताए ।
वातावरणीय संरक्षणका साथै स्वास्थ्यका लागि युवा सहित सरोकारवालाको महत्वपूर्ण भूमिका हुने भन्दै संविधान र विश्व सरसफाई दिवसका दिन गाँउमा समाजिक कार्य गरिएको छ । भीमदत्त नगरपालिका १३ का सदस्य शकर उपध्यायले युवाहरु जुटेले गाँउको सरसफाईमा लाग्नुकार्य राम्रो भएको सुझाव दिए । ‘
प्रतिक्रिया दिनुस