डम्मर राज भट्ट बुटवल ४ असोज

बुटवलको देविनगरमा आतबार राती करीब ११ बजे तिर आगलागी हुदा दुई पसल जलेर ध्वस्त भएका छन। बुटवल उपमहानगरपालिका वडा नं ११ देविनगर स्थीत मनकामना पथमा रहेको रुक बहादुर थापाको घरमा रहेको पसलमा आगलागी भएको हो । उक्त घरमा रहेको लक्ष्मण नेपालीको मेडिकल पसल र कृष्ण एसकेको मोवाईलपसलमा आगलागि भएकोे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताएका छन् ।

 

पसलधनीले पसल बन्द गरेर घर गईसकेपछि आगलागी भएको स्थानीयले बताएका छन । आगलागीबाट दुईवटै पसल पुर्णरुपमा क्षति भएका छन् । १५ लाख रकम बरावरको क्षति भयको अनुमान गरीएको प्रहरी प्रमुख नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए । पुर्ण विवरण नआएको उहाँले बताउनु भएको छ । करिव ११ बजेतिर लागेको आगो स्थानीय बासिन्दा र नेपाल प्रहरीको सहयोगमा ४० मिनेट पछि नियन्त्रणमा आएको थियो । प्रहरीका अनुसार मोवाईल पसलमा बिद्धुत सर्ट भई आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुस