विकास सिह महता

सुदूरपश्चिम प्रदेशका चर्चित उद्योगी तेज बहादुर चन्द कञ्चनपुर उद्योग वाणिज्य संघको कार्य समिति सदस्यमा चयन भएका छन् । काठमाण्डौँबाट ईटा व्यावसाय शुरु गरेका सुदूरका उद्योगी चन्दले कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरमा आधुनिक क्रसर उद्योग संचालन गरेका छन् । उनी सहित तीन जना व्यवसायीलाई उद्योग वाणिज्य संघको कार्य समितिमा चयन गरिएको हो । महेन्द्रनगरका महिला व्यवसायी लक्ष्मी थापा(भट्ट), अन्जु सुनुवार र बसन्तराज जोशीलाई चयन गरेको वाणिज्य संघले जनाएको छ ।

वाणिज्य संघ कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले १५ जनाको प्रस्ताव मध्ये रिक्त चार जनालाई चयन गरिएको बताए । राजनीतिक, प्रशासनिक, व्यवसायिक पहुँच भएका चन्दले यस अघि सुदूरपश्चिम प्रदेशको औद्योगिक एव व्यवसायिक विकासका लागि पहल गर्दै आएका थिए । चन्दले आफुलाई वाणिज्य संघले विश्वास गर्दै आएको बताए । ‘मलाई जुन हिसाबले वाणिज्य संघले विश्वास गरेकोछ, ‘उनले भने, ‘त्यही अनुरुप काम गर्छु ।’ सुख्ख बन्दरगह, दैजी औद्योगिक क्षेत्र, महाकारी कोरिडोर लगायत सुप प्रदेशको औद्योगिक व्यवसायिक विकासका लागि पहल गर्र्ने नव नियुक्त वाणिज्य संघका सदस्य तेज चन्दको संकल्प छ ।

प्रतिक्रिया दिनुस