काठमान्डौँ ,असोज ५ । बिभिन्न राजनैतिक दल संग निकट रहेका पाँच विध्यार्थी संगठनले एमसीसी बारे देजमो नेपालका अध्यक्ष सीपी गजुरेलसंग भेटघाट तथा छलफल गरेका छन ।

अखिल (क्रान्तिकारी)केन्द्रीय कार्यालय बागवजारमा पाँच विध्यार्थी संगठनले एमसीसी,राष्ट्रियता,जनतन्त्र र जनजीविकाका सम्बन्धमा लिएर देजमो नेपालका अध्यक्ष सीपी गजुरेलसंग सोमबार भेटघाट तथा छलफल कार्यक्रम सम्पन गरेका हुन ।

एमसीसी,राष्ट्रियता,जनतन्त्र र जनजीविकाका सम्बन्धमा शाँझा धारणा बनाएर सबैले एक ढिक्का भएर लड्नुपर्नेमा जोड दिएका छन । भेटघाट तथा छलफल कार्यक्रम भेटमा अखिल(क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल अखिल(क्रान्तिकारी) अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल क्रान्तिकारी अध्यक्ष आलोक रायमाझी ,अखिल छैठौ अध्यक्ष विमल पोखरेल, अखिल पाचौं अध्यक्ष धनस्याम मिश्र र अखिल अखिल(क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष नेत्रि शीलु न्यौपाने समेतको उपस्थिति रहेको थियो । भेटघाट तथा छलफल कार्यक्रमा एमसीसी,राष्ट्रियता,जनतन्त्र र जनजीविकाका सम्बन्धमा शाँझा धारणा बनाएर सबैले एक ढिक्का भएर लड्नुपर्नेमा जोड दिएको क्रान्तिकारी उपाध्यक्ष नेत्रि शीलु न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस