विकास सिह महता

तस्करले भारतबाट भन्सार नकाटेरै ल्याएका मोबाईल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल बिर्डर आवट पोष्ट गड्डाचौकीबाट खटिएका सशस्त्र प्रहरी नायब निरीक्ष्क सागरसिह धामी नेतृत्वको टोलीले अवैध मोबाईल बरामद गरेको हो । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका अनुसार भारतबाट जिमुवा नाका भएर भीमदत्त नगरपालिका १० थापाचोक क्षेत्रबाट बरामद गरिएको छ ।

 

दुई लाख ६४ हजार बराबरका मोबाईल तथा मोबाईलमा प्रयोग हुने डिप्लेय समान बरामद गरिएका छन् । जिमुवा क्षेत्रमा समेत सशस्त्र प्रहरीको छुट्टै बिओपी राख्ने तयारीका लागि अधिकृत स्तरका सशस्त्रका कर्मचारी खटिएका छन् । मुल नाकाबाट ल्याउदा भन्सार क्षेत्रमा सशस्त्र प्रहरी खटिएका छन् । भने जिमुवा नाकाटबाट तस्करी भएको समान गड्डाचौकी बिओपीबाट खटिएको टोलीले बरामद गरेपछि तस्कर सशस्त्रको नियन्त्रणमा नआएपछि समान आएकोछ ।

प्रतिक्रिया दिनुस