पहिलाद राना

कञ्चनपुरको लालझाडी गाउँपालिका २ शंकरपुर (कञ्ज) गाउँमै सामुदायिक सःमिल खुलेसंगै उपभोक्तालाई सुविधा भएको छ । गत बर्षदेखि समुदाय स्तरमा लालझाडी सःमिल तथा फर्निचर उद्योग संचालनमा आएपछि उपभोक्तालाई सुविधा भएको हो । काठ पनि खेर नजाने, चोरी तस्करी हुने र उपभोक्ताले कुनै कामका लागि फर्निचर चिराउनु परे टाढा गएर बढि खर्च गर्नुपर्ने बाध्यता हटेको छ । ताल कार्यक्रम मार्फत समुदाय स्तरमा संचालित उक्त सःमिलले उपभोक्ताको मात्रै काठ चिरान गर्दै आएको छ ।

 

लालझाडी सःमिल तथा फर्निचर उद्योग संचालक समितिका अध्यक्ष अमर रानाले गाँउमै सःमिल खुलेसंगै उपभोक्तालाई लाभ भएको बताए । ‘हामी गैर उपभोक्ताको काठ चिरान गर्दैनौँ, ‘अध्यक्ष रानाले भने, ‘सामुदायिक वनबाट काठ खरिद गरेका उपभोक्ताको मात्रै र्चिछौँ ।’ सामुदायिक वनले उपभोक्तालाई वितरण गरेको काठ र सामुदायिक वनलाई चाहिने काठ चिरेर दिने गरेको अध्यक्ष रानाले बताए । ‘उपभोक्तालाई चाहिने काठ चिरेर लग्छन, ‘अध्यक्ष रानाले भने, ‘उपभोक्तालाई चाहिने काठ वनबाट चोरी पनि हुँदैन् यसबाट वन र पर्यावरण संरक्षण हुन्छ ।’ बाहिर काठ लगेर चिरान गर्दा समय र रकम पनि बढि खर्च हुने गरेको थियो, गाउँमै सःमिल संचालनमा आएपछि उपभोक्तालाई सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुस