खडक रावल, महाकाली नगरपालिकाले नगरभित्रको सम्बृद्धिका लागि योजना दुत गतिमा अघि बढाउने भएकोछ । बुधबार कार्यपालिका बैठकबाट नगरको सम्बृद्धि, शान्ति सुरक्षा र विकासका विभिन्न योजना अघि बढाउने निर्णय गरिएका छन् ।

महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजालीले विषेश र समपुरक अनुदान, म्याचिङ्गफन्टलाई स्वीकृत गर्ने, नगरका गौरबका योजना अघि बढाउने, क्वारेन्टाईन आईसोलेशन कक्ष व्यवस्थापनका लागि वडा सदस्य करन सुनारको संयोजकत्वम समिति निर्माण, सार्वजनिक जमिन संरक्षण गर्ने, सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई जमिन उपलब्ध गराउने लगायतका निर्णय गरिएको छन् ।

प्रतिक्रिया दिनुस